विद्यालय व्यवस्थापन समिति अध्यक्ष मल्लमाथि हातपात

किरन कडेँल
शान्तिनगर, ५ कात्तिक ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित वीपी मावि बयालेका अध्यक्ष देवराज मल्लमाथि हातपात भएको छ । माओवादी केन्द्र शान्तिनगर गाउँपालिकाका सदस्य समेत रहेका मल्लमाथि हातपात भएको भन्दै शान्तिनगर पार्टीले आपत्ति जनाएको छ ।

शनिबार शान्तिनगर गाउँपालिका वडा नम्बर ३ पातेटाकुरा निवासी बुद्धिबहादुर केसीका २५ वर्षीय छोरा शिखर केसीले हातपात गरेको पार्टीका अध्यक्ष नेवबहादुर रोका र सचिब पिमलाल वलीले विज्ञप्ति जारी गरि आपत्ति जनाए ।

सोही दिन साँझ विद्यालयको छलफलको क्रममा मल्लमाथि हातपात भएको हो ।  केसीका बुवा बुद्धिबहादुर श्रीमतीको डीभी परेपछिसंगै अमेरिका गएका थिए । तर, उनी अमेरिका भएपनि पदबाट दिएको राजीना स्वीकृत भएको छैन । सोही राजीनामा स्वीकृत नहुँदा ९ महिनादेखि उक्त ठाउँमा नयाँ शिक्षक पनि आउन सकेको अबस्था छैन ।


शिक्षा विकास तथा समन्वय इकाइ दाङले डीभी परेको कागज, हवाई टिकेट, भिजा लागेको पासवर्ड नभएकाले राजीनामा स्वीकृत गरेको छैन । ति कागजात माग गर्दा नदिएपछि सोही कागजात मल्लले माग गर्दा उत्पन्न परिस्थितिले विद्यालयको प्राङगणमै हातपातसम्मको अबस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकको अभावमा विद्यार्थीको पढाइमा गम्भीर असर परेकोमा सघाउनुको सट्टा परिवारबाट त्यस्ता अपराधिक हर्कत गरेकोमा आगामी दिनमा त्यस्ता अपराधिक क्रियाकलाप नगर्न र घटनाको घोर भ्रसना गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।