दंगीशरण, १५ जेठ ।
प्रेक्टिकल एक्सनको आयोजना तथा युकेएडको आर्थिक सहयोगमा पालिका स्तरीय अपाङ्गता समाबेशी विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम आईतबार दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
अपांगता भएका ब्यक्तीको अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी प्रावधान तथा अपाङ्गता समावेशी लगायतका बिषयमा छलफल भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा ७ बुदे कार्ययोजना समेत निर्माण गरीएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले अपाङ्गता भएका ब्यक्तिहरुका लागी योजना बनाउदा उनिहरुको ब्यक्तीगत समस्या पहिचान गरी योजना निर्माण गर्न सुझाब दिएका थिए ।
अन्तक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले गाउँ टोलमा हुने हरेक समुह गठन देखी हरेक योजना निर्माण तथा योजना छनोटमा अपांगता भएका ब्यक्तीहरुको अनिवार्य सहभागीता गराउनु पर्नेमा जोड दिनु भएको थियो । अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले हालसम्मको प्रक्रियामा महिला दलित तथा जनजातीको मात्रै सहभागीता खोज्ने परीपाटी रहेकाले अबदेखी हरेक ठाउँमा अपाङ्गता भएका ब्यक्तीको अनिवार्यतालाइ बिशेष ध्यान दिन आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष सम्भु गिरीको सभापतीत्व तथा राष्ट्रिय अपांग संघका केन्द्रिय अध्यक्ष देबीदत्त आचार्यको विशिष्ट आथित्यतामा सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा अपाङ्गता सम्बन्धि नितीगत ब्यबस्था बारे गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत निमराज भट्टराईले सहजीकरण गर्नु भएको थियो, भने अपांगताको किसिम र वर्गीकरण बारे अधिकृत देबिदत्त आचार्यले प्रकाश पार्नु भएको थियो ।
लाइभदाङ । १५ जेष्ठ २०८०, सोमबार १३:२७ बजे