राप्ती गाउँपालिकाका तीन स्थानमा क्षयरोग स्क्रिनिङ शिविर सञ्चालन हुदै

तुल बहादुर कवँर मगर
भालुबाङ, १४ जेठ ।
दाङको राप्ती गाउँपालिकामा आज बुधबारदेखि विभिन्न तीन स्थानमा क्षयरोग ९टीबी० खोज तथा परीक्षण शिविर सञ्चालन हुदै छ।

राप्ती गाउँपालिकाको आयोजना एवं लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय घोराही, दाङको प्राविधिक सहयोगमा “क्षयरोग मुक्त नेपाल” अभियान अन्तर्गत उक्त शिविर सुरु गरिएको हो।

शिविरमा एआई डिजिटल एक्सरे मेसिनको प्रयोग गरी क्षयरोग सम्भावित, उच्च जोखिममा रहेका तथा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका व्यक्तिहरूको पहिचान गरिने संयोजक प्रतिमा विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामीको खोज, परीक्षण तथा प्रारम्भिक उपचारका लागि शिविर सञ्चालन गरिएको हो।


तीन दिन सञ्चालन हुने शिविर जेठ १४ गते वडा नम्बर ३ को मसुरिया सामुदायिक स्वास्थ्य इकाई, जेठ १५ गते वडा नम्बर ८ को पिपरीस्थित बहुउद्देश्यीय भवन (होल्डिङ सेन्टर) र जेठ १६ गते वडा नम्बर ६ को पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन हुनेछ।

शिविर प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। गाउँपालिकाले जोखिम समूहमा रहेका व्यक्तिहरूले परीक्षण गराई समयमै उपचार थाल्न अपिल गरेको छ।