१३ बर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

तुलसीपुर, ११ असोज ।
१३ बर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा बबई गाउँपालिकाका एक किशोर पक्राउ परेका छन् ।

बबई गाउँपालिका – १ का १९ बर्षीय यामबहादुर पुन १३ बर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।


स्थानीय एक नाबालिकामाथि पुनले भदौ २२ गते दिउँसो मदानेवाट गंगटे जाने क्रममा बाटोमा बलात्कार गरेको जाहेरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएकी थिइन ।

असोज २ गते तुलसीपुरमा आइ आफन्तको सहयोगमा पीडित बालिकाले किटानी जाहेरी दिएपछि प्रहरीले पुनलाई पक्राउ गरेको हो । बलात्कार घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।