भिमबहादुर वली
आजसम्मका समग्र उपलब्धिहरुको रक्षा गर्न सफल नेतृत्व प्रदान गर्न सक्नुका कारण माओवादी केन्द्र नेपालमा शक्तिशाली पार्टी हुनेमा संका गर्न आवश्यक छैन । केपीद्वारा पटक–पटकको प्रतिगमनलाई सच्याउनु , केपीलाई बालकोट लखेटनु र केपीबाहेकको सरकार वनाउदै अगाडी बढन सक्ने पार्टी माओवादी केन्द्र मात्र हो । लडाई पनि एमाले र माओवादी केन्द्रबीच चल्यो । जस्का कारण एमाले आज विघटित अवस्थामा छ । विघटित एक घटकसंगै अगाडी बढने या एउटै पार्टी बनाउने कुराले पनि एमाले भन्दा शक्तिसाली माओवादी केन्द्र तथा एकीकृत पार्टी नै हुने निश्चित हो ।
प्रतीगामी भनौ या राष्ट्रघाति एमाले देश र जनता अगाडी सर्वाङ्ग नाङ्गै भएको हो । जस्लाइ कपडा लगाएको देख्नु ठूलो भ्रम हो । नाङ्गो एमालेरुपी केपीलाई देशका जनताहरूले आगामी निर्वाचनमा निमिट्यान्न बनाउदै गणतन्त्र,संघीयता र संविधानको रक्षक माओवादी केन्द्रलाई नयाँ उचाइमा पु¥याउने कुरामा कुनै भ्रममा पर्न आवस्यक छैन ।
कम्यूनिष्टको खोलमा लुकेको गोमन यति विसालु छ कि एक पटक मरेको गोमनले पुनः अर्को पटक डसेको कुरा जनताहरूलाई थाहै छ, त्यसकारण अझै सम्भावना रहेकाले यो मृत गोमनलाई आगामी निर्वाचनबाटै दाहसंस्कार गर्न जनताहरू माझ अपील गर्न चाहन्छु । प्रतिगामीहरुलाई पाखा लगाएनौ भने वर्तमानमा त पटक– पटक हामीहरूले दुखः पायौ भविष्यमा झनै यो भन्दा बढी पाउने छौ ।
सामुहिक नेतृत्वमा विश्वास राख्दै एकताबद्ध भएर आगामी निर्वाचनबाटै दलालहरूका पतिनिधिहरुलाई धुलो चटाउदै समाजवादी क्रान्तिका अभियन्ताहरुलाई जनताहरूले चुन्ने छन् । पुनः दलालहरूलाई चुन्न पुग्यो भने मृत्यु सैयाबाट आउने गोमनले बालकोट पु¥याईएको बदला गुणात्मक रूपमा लिने छ । जसबेला देशकै स्वाभिमान समाप्त भएर जाने छ । स्वाभिमान र समाजवादी नीति तथा कार्यक्रमका पक्षमा एक पटक मतदान गर्दा हामीहरूले सदाका लागी शान्ति र समद्धिको अनुभूतिगर्न आबश्य पाउने छौं । (लेखक माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिबालय सदस्य हुन् ।)
साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । ५ आश्विन २०७८, मंगलवार ०७:५६ बजे