आजाद खड्का
१.विषय प्रवेश
नेपालको राजनीतिक इतिहासमा, वि.सं. १७६८ देखि २०६२/६३ सम्मको अवधि अत्यन्तै महत्वपूर्ण छ। अधिकांश समय सामन्ति एकात्मक तथा केन्द्रिकृ राजतन्त्र रह्यो। यस अवधिमा, नेपालले (विशेष गरी २००७ देखि २०१७ सम्म र २०४७ देखि २०५९ सम्म) राजकिय अधिकार सहितको संवैधानिक राजतन्त्र र राजकिय अधिकार रहितका कथित सार्वभौमसत्ता भनिएको नक्कली वहुदलिय प्रजातन्त्रको अनुभव पनि गर्यो। तर, यस अवधिमा पनि नेपाल अर्धसामन्ती र अर्धउपनिवेशिक अवस्थाबाट गुज्रिरहेको थियो। यी अवस्थाले गर्दा देशमा आर्थिक, सामाजिक, र राजनीतिक असमानता कायम रह्यो। यसको अन्त्य गर्दै देशलाई वैज्ञानिक समाजवारसाम्यवाद सम्म पुग्ने रणनीतिक लक्ष्य हुदा हुँदै पनि देशमा राष्ट्रिय पुँजी अभाव, सामाजिक न्यायको अभाव, लैगिक र जातिय असमानता, आन्तरिक राष्ट्रियताको अपहरण भएको अवस्था, अन्तराष्ट्रिय हस्तक्षेपको तिव्रता आदिका कारण पहिला यी तमाम समस्या समाधान गर्नुपर्ने र जसकालागि जनवादी क्रान्तिको आवश्यकता अनुभव गरियो।
२.मार्ग निर्देशक सिद्धान्त:
क्रान्तिमा विचारले बन्दुकको नेतृत्व गर्ने हुदा हामी त्यो विचारलाई मार्गनिर्देशक मान्दै नेपालको जनवादी क्रान्तिका लागि मार्गनिर्देशक सिद्धान्तहरू मार्क्सवाद, लेनिनवाद, र माओवाद वनायौ। यी सिदवान्तवाट निर्देशित हुदै नेपाली समाजलाई वर्गरहित, राज्यरहित, र विभेदरहित समाजतर्फ लैजाने बाटो देखाउदै अघि वढ्यौं। वैज्ञानिक समाजवादरसाम्यवादलाई रणनीतिक लक्ष्यको रूपमा अपनाई, हामीले जनवादी क्रान्तिलाई अघि बढाएका हौं।
३.रणनीतिक लक्ष्य:
हामीले नेपाली समाजलाई वैज्ञानिक समाजवादरसाम्यवादमा रूपान्तरण गर्ने रणनीतिक लक्ष्य राखेका थिए। यसका लागि, हामीहरूले सामन्ती, अर्धसामन्ती, र अर्धउपनिवेशिक अवस्थालाई अन्त्य गरी नयाँ जनवादी व्यवस्था स्थापनाको योजना बनाए।
४.कार्यनीतिक लक्ष्य:
हामी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने कुरालाई कार्यनीतिक लक्ष्य वनाएका थियौं। अर्धसामन्ती र अर्धउपनिवेशिक अवस्थालाई अन्त्य गरी, सामन्ती तथा दलाल पुँजीवादी शक्तिहरूलाई समाप्त गरेर नयाँ जनवादी व्यवस्था ल्याउने कार्यनीतिक लक्ष्य थियो।
५.कार्यदिशा:
जनवादी क्रान्तिलाई सफल बनाउने उद्देश्यले, हामीहरूले गाउँदेखि शहर घेर्ने दीर्घकालीन जनयुद्धको कार्यदिशा अपनायौं। २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको शंखघोष गरियो। यस अभियानमा, हामीहरूले सामन्ती, दलाल, तथा नौकरशाही पुँजीपति वर्गलाई प्रहारको प्रमुख निशाना बनाएका थियौं। २०६३ साल मंसिर ५ गतेसम्म चलेको जनयुद्धले राजतन्त्रात्मक व्यवस्थालाई समाप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको थियो।
• नयाँ जनवादी व्यवस्थाका विशेषताहरू:
हामीहरूले नयाँ जनवादी व्यवस्थाका विशेषताहरू निम्नानुसार परिकल्पना गरेका थियौं।
१. जनताको भाषिक, सांस्कृतिक, धार्मिक अधिकारहरू जनताकै हातमा रहने।
२. जातीय असमानताको अन्त्यकालागि जातव्यवस्थाको उन्मूलन गरिने।
३. पितृसत्ताको पूर्णरूपमा अन्त्य गरिने।
४. उत्पादनमा एएए मोडलमा लगानी गरिने, उत्पादनलाई तीव्र पारिने, र रोजगारी सिर्जना गरिने।
५. अन्तर्राष्ट्रिय हस्तक्षेप बिना स्वतन्त्र राष्ट्रको स्थापनाको प्रयास गरिने।
यी विशेषताहरू नयाँ जनवादी व्यवस्थाका मूलभूत तत्वहरू हुन्, जसले नेपाली समाजलाई समृद्धि र स्वतन्त्रताको मार्गमा अग्रसर गराउने लक्ष्य राखेका थिए।
• जनयुद्धका उपलब्धी:
हामीहरूको नेतृत्वमा भएको जनयुद्धले नेपालमा महत्वपूर्ण परिवर्तनहरू ल्यायो।
• उपलव्धिहरु:
– सामन्ती, दलाल, तथा नौकरशाही पुँजीवादको राजनीतिक संस्था राजतन्त्रात्मक व्यवस्थालाई समाप्त गर्यो। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा यो संघर्षको निर्णायक भूमिका रह्यो।
– जनयुद्धवाट प्राप्त महत्वपूर्ण उपलब्धिहरूमा (क)संघीयता, (ख) गणतन्त्र, (ग) धर्मनिरपेक्षता, र (घ) समानुपातिक समावेशिता जस्ता पिल्लरहरू स्थापित हुनु हो। यी पिल्लरहरू नै वर्तमान व्यवस्थाको आधारशिला बनेका छन्।
• अहिलेको व्यवस्थाको स्थिति:
जनयुद्वका कारण व्यवस्थामा परिवर्तन आए पनि, अवस्था भने त्यति धेरै परिवर्तन भएको छैन। अर्धसामन्ती तथा अर्धउपनिवेश अवस्थाबाट दलाल तथा नौकरशाही पुँजीवादी अवस्थामा परिवर्तन भएको छ। तर, नयाँ जनवादी व्यवस्था भने स्थापित हुन सकेको छैन। सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गले जस्तै आज पनि दलाल तथा नौकरशाही पुँजीपति वर्ग देशको प्रगतिको बाधकको भूमिका निभाई रहेको छ।
६. जनवादी क्रान्तिका बाँकि कार्यभार:
नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्नु आजको प्रमुख आवश्यकता हो। त्यो भनेको जनवादी व्यवस्थाका विशेषताहरुको स्थापित गर्न त्यसको वाधककोरुपमा रहेका हाम्रा समस्याहरुको समाधान गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्नु वा गर्नु हो। कार्यभारहरू पूरा भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रका विशेषताहरू नै नयाँ जनवादी व्यवस्थाका विशेषता बन्नेछन्। वर्तमान व्यवस्थाका अवस्थाहरू बदल्नका लागि, नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न आवश्यक छ।
• के हुन् प्रमुख समस्या र समाधानका उपायाहरु:
१. दलाल तथा नोकरशाही पुँजीपति वर्ग:
• समस्या
– नेपालको विकासमा दलाल तथा नोकरशाही पुँजीपति वर्गले बाधा पुर्याइरहेको छ।
– उनीहरूको प्रभुत्वले देशलाई आर्थिक र राजनीतिक रूपमा पछाडि धकेल्दै छ।
– दलालहरूका कारण नेपाली जनता विदेशी प्रभुत्वको शिकार बन्न बाध्य छन्। यसले गर्दा राष्ट्रिय सम्पत्ति र स्रोतसाधनहरूमा राज्यको नियन्त्रण कायम हुन सकेको छैन।
• समाधान
– हामीले यो वर्गलाई तह लगाउे भनेको उउउ मोडेलमा उत्पादनमा लगानी गरेर उद्योग तथा कल कारखानाको स्थापना गर्ने।
– उद्योग तथा कल कारखानामा रोजगारको सिर्जना गर्ने।
– उत्पादित माल आन्तरिक खपत तथा बाहिर निर्यातवाट आम्दानी (राष्ट्रिय पुँजी विकास) गर्ने।
– राष्ट्रिय सम्पत्ति र स्रोतसाधनहरूमा एउउ मोडेलमा नियन्त्रण कायम हुनेछ।
२. पितृसत्तावाद:
• समस्या
– पितृसत्तावादले नेपालमा लैंगिक असमानतालाई बलियो बनाइरहेको छ।
– महिलाहरूमा समाजमा दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको छ।
– आर्थिक, सामाजिक, र राजनीतिक क्षेत्रमा महिलाहरूको सहभागिता सीमित छ।
• समाधान
– महिला पुरुषका विचमा समानता विना समाजको ठिक ढंगले विकास हुन असंभव छ एवं महिलाहरु देशको दोस्रो दर्जाको नागरिक नभई पुरुष सरह समाज हुन भन्ने मान्यताको स्थापित गर्ने।
– महिलाहरुलाई देशको न्म्ए मा समान सहभागिता, सामाजिक र राजनीतिक क्षेत्रमा पनि समाज सहभागिताको ज्ञारिन्टी गर्ने।
३. जात व्यवस्था:
• समस्या
– नेपालमा जात व्यवस्थाले सामाजिक विभाजन र असमानता ल्याइरहेको छ।
– जात व्यवस्थाको कारण विभिन्न जातिहरूबीच विभाजन, भेदभाव, र उत्पीडन कायमै छ।
• समाधान
– गर्भ, जन्म वा मृत्यु सम्मा कसैलाई ब्रामण (उच्च जाति) र कसैलाई सुद्र (निच जाती) देखाउनु मानवता विरोधी अपराध हो भन्ने मान्यता स्थापना गर्नुपर्छ।
– जात व्यवस्था उन्मूलन गरेर सामाजिक विभाजन र असमानता हटाउनु जनवादी क्रान्तिको अनिवार्य सर्त हो।
४. आन्तरिक राष्ट्रियता:
• समस्या
– राज्य शक्तिको वल वा तागतका आधारमा जनताको आन्तरिक राष्ट्रियता (जनताको भाषिक, साँस्कृतिक, धार्मिक अधिकार) अपहरण गरिनु नेपालको चौथो मुल समस्या हो।
– नेपालमा संघिय लोकतन्त्रिक गणतन्त्र स्थापित भईसक्दा पनि आन्तरिक राष्ट्रियताको पुनर्वहाली नहुनु अर्को प्रमुख समस्या हो।
– नेपालमा आन्तरिक राष्ट्रियताको पुनर्वहाली नहुदा विभिन्न जातीय समूहहरूको आन्तरिक राष्ट्रियता कमजोर साथै सामाजिक विभाजन बढ्दै छ।
• समाधान
– राज्य शक्तिको वल वा तागतका आधारमा अपहरण गरिएको आन्तरिक राष्ट्रियताको पुनर्वहाली गरि पहिचानको पूर्ण सुनिस्चित गरिनेछ।
– पहिचानको सुनिश्चितताले विभिन्न जातीय समूहहरूको आन्तरिक राष्ट्रियता वलियोका साथै सामाजिक विभाजनलाई न्युनिकरण गरिने छ।
५.राष्ट्रियता:
• समस्या
– राष्ट्रियता रक्षा गर्न नसक्नु पनि प्रमुख चुनौती हो। नेपालले अन्तर्राष्ट्रिय शक्तिहरूसँग गरेका असमान सन्धि सम्झौताहरूलाई खारेज वा पुनरावलोकन गर्न नसक्नुले देशको स्वाधीनता र सम्मानमा आघात पुर्याइरहेको छ।
– राष्ट्रियताका सवालमा कमजोर नीति अपनाउनुले गर्दा नेपाल विदेशी हस्तक्षेपको शिकार भएको छ।
• समाधान
– असाान र अपमानजनक अन्तराष्ट्रिय क्षेत्रसंग गरिएको सन्धि सम्झौताहरुको खारेज वा पुनरावलोकन गरिनेछ।
– राष्ट्रियताको सवालमा वलियो पञ्चशिल नीति अपनाउदै देशलाई स्वाधिन राष्ट्रकारुपमा स्थापित गरिनेछ।
यी पाँच प्रमुख समस्याहरूलाई क्रमशः प्रहारको निशाना बनाउनु नेपाली जनताका लागि अनिवार्य कार्यभार हो। यी समस्याहरूको समाधान गर्न माथि उल्लेखित उपायाहरु अवलम्वन गरि नयाँ जनवादी क्रान्तिका बाँकि कार्यभार पूरा गरिने छ।
• निष्कर्ष:
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका राम्रा र नराम्रा पक्षहरू मध्ये, नराम्रा पक्षहरूलाई विस्थापित गर्नु, सामाजिक न्याय सहित समृद्व राष्ट्र निर्माण गर्नु र देशमा पूर्ण सुशासन कायम गर्दै नयाँ जनवादी व्यवस्थाका विशेषताहरू स्थापित गर्नु नै जनवादी क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्नु हो। यी कार्यभारहरू पूरा गरिएपछि मात्रै नेपाली जनताको जीवन स्तर उकास्न सकिन्छ। यसले समाजवादी क्रान्तिको आधार तयार गर्नेछ, जसले नेपाली समाजलाई वैज्ञानिक समाजवादतर्फ गति दिनेछ। यो नै हाम्रो कार्यनीतिक लक्ष्य हो, र यसलाई प्राप्त गर्न निरन्तर लम्कनुपर्नेछ। जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने भनेको वर्तमान व्यवस्थाका अवस्थाहरू बदल्ने मात्रै नभई, नेपाली जनताको जीवन स्तरलाई सुधार्ने र समाजवादी क्रान्तिको आधार तयार गर्ने हो।
जनवादी क्रान्तिको यो चरण पुरा गरेपछि मात्रै नेपाली समाज वैज्ञानिक समाजवादमा फड्को मार्न सक्षम हुनेछ। यसबाट नेपाली समाज विश्व पुँजीवादसँग प्रतिस्पर्धा गर्न सक्ने र उन्नत जीवन स्तर उकास्दै जनताको आवश्यकता अनुसार उचित सेवा र सुविधाको उपभोग गर्न सक्षम हुनेछ। यही नै हाम्रो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादको वाटो हो, जसलाई प्राप्त गर्न निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौ। नेपालमा नेपाली विशेषता सहितको वैज्ञानिक समाजवाद प्राप्ति र कार्यन्वयनसंग विश्व व्यापी यो व्यवस्थालाई स्थापित गर्दै एकैसाथ विश्व साम्यवाद लागू गर्नु हाम्रो दायित्व हुनेछ। साभार : अग्रिम साप्ताहिक
लाइभदाङ । १७ भाद्र २०८१, सोमबार ०९:१३ बजे