गुणस्तर र नापतौलमा समस्या देखिएपछि तुलसीपुरका पेट्रोलपम्पमा छापा

rbt

तुलसीपुर, ११ जेठ ।
दाङ तुलसीपुरका पेट्रोलपम्प असुरक्षित देखिएका छन् । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माका अनुसार तुलसीपुरका पेट्रोलपम्प अनुगमन गर्दा यस्तो भेटिएको हो ।

वरिपरिको जोखिमकालागि पानी हुनुपर्ने, फ्रि फाईर हुनुपर्ने, वालुवा, माटो हुनुपर्ने, मानिसहरु बस्नकालागि प्रतिक्षालय हुनुपर्ने, सरसफाईमा ध्यानदिनुपर्ने भएपछि यी केही पनि नगरेको पाईएको हो ।


दुर्घटना जुनसुकै बेला पनि हुन सक्ने भन्दै यसमा पूर्व तयारी कार्य तुरुन्त गर्न भनिएको प्रमुख शर्माले बताउनुभयो । साथै मूल्य सूचि वोर्ड पनि सबैले देखिने ठाउमा राख्न भनिएको छ ।

त्यस्तै पेट्रोलको गुणस्तर र नापतौल सम्बन्धि पनि ब्यापक गुनासो आएपछि छापा हानिएको छ । गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जको टोली आएर पनि अनुगमन गरेको भएपनि त्यसमा भने कुनै समस्या नभएको पाईएको उहाँले बताउनुभयो ।