गढवा गाउँपालिकाको बजेट ६३ करोड बढी

गढवा,११ असार ।

गढवा गाउँपालिकाको एघारौं गाउँ सभामा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले कुल ६३ करोड ७९ लाख १० हजार रुपैयाँ बराबर बजेट प्रस्तुत गर्नुभएको छ ।


आर्थिक वर्ष २०७९/०८० को लागि चालु तर्फ ३१ करोड ६५ लाख ७६ हजार र पूँजिगत तर्फ ३१ करोड ७९ लाख ३४ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गर्नुभएको हो ।