
दाङ,९ जेठ । घोराही ७ सौडियार स्थित माबी सौडियारमा बाल बिकास केन्द्रमा पढाउने एक जना सहयोगि कार्यकर्ताले जेठ महिनामा उपस्थिती हुँदै नभएको ३ दिन हाजिर गरेको फेला परेको छ । बिद्यालय ब्यबस्थापन समितीको नियमीत अनुगमनकोक्रममा उपस्थिती नै नभएको दिनमा हाजिरी गरेको भेटिएको हो । बिद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले बाल बिकास केन्द्रमा पढाउदै आएकि शिक्षिका पार्बती कवरले जेठ १०,११ र १२ गतेको हाजिरी गरेको भेटिएको बताए । बिद्यालयमा पढाउने शिक्षकले आफै नै लापरबाही तरिकाले हद पार गरेर यसरि उपस्थित नै नभएको दिनमा हाजिरी गरेर लज्जास्पद कार्य गरेको उनले बताए । बिब्यस सदस्य चौधरीले शिक्षक कवरलाई पहिलो पटक बिब्यसकोतर्फबाट सचेत गराइने र आगामी दिनमा यस्ता गल्ति दोहोर्याए स्पष्टिकरण सोधेर कारबाही गरिने बताए । उनले सामुदायिक बिद्यालयमा बेथितीहरु थुप्रै रहेको भन्दै समुदायले हस्तक्षेप गरेर सचेत गराउनु पर्ने बताए । हाजिरी बारे के-कस्तो हो भन्ने कुरा बुझ्न बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिइएको र आगामी बिब्यस बैठकमा स्वयम शिक्षकलाई उपस्थित गराएर मौखिक स्पष्टिकरण सोधिने सदस्य चौधरीले बताए ।
लाइभदाङ । ९ जेष्ठ २०८०, मंगलवार १६:२८ बजे