कुरुरता, सिर्जनशिल्ता र निर्लज्जता

नवल जि.एम

‘There is nothing else, Bakhmut is only in our heart’  ( बखमुत, यूक्रेनको पूर्वि किल्ला २२४ दिनको भिषण लडाई जेलेन्सरीले हारे पछि भनेका हुन् । दर्जनौ NATO देशहरुको अमेरिकी गठबन्धन रुससँगको लडाईमा य्क्रेनले बखमुतको लडाई हारेको थियो । ६०० प्रकारका NATO हतियारसँग यूक्रेनको बखमुतमा रुससँग भएको लडाई फसफोरस बम्ब, किन्जल हाइपर सोनिक मिसाइल र अमेरीकाको प्याट्रोयटिक सुरक्षा प्रणाली जस्ता अत्याधुनिक हतियारसँग भएको यो लडाई अत्यन्त भिषण कुरुर भएको हामी स्क्रीनमा देख्न सक्छौं । अब यो लडाई युक्रेनको राजधानी कीवतिर सर्दैछ र झन भयावह स्थिती देखा पर्नेछ ।

 

यो लडाई बढ्ढै गएर न्यूक्लियर बम्बको प्रयोग भयो भने पृथ्वीको भविष्य नै संकटमा पर्ने सम्वभावना बद्दै गएको छ । यो लडाईमा रुस, अमेरिका तथा जेलेन्सकी कस्को कारणले हुँदैछ, त्यो थाहा भएन तर युद्ध भिषण र कुरुर चाहि छ । आखिर मान्छेहरु अस्थित्व कै लागि यति कुरुर हुन्छन त ?

 

रोल्पा जिल्लाको विकट क्षेत्र मानिने मिरुलमा जन्मेका हरि बुढा वृतिश आर्मिमा भर्ति भए । अमेरिकी गठबन्धन NATO को अफगानिस्तान लडाईमा २ खुट्टा गुमाए तर उनले हरेश खाएनन । आफ्नो अपाङ्गतालाई कमजोरी होइन अवसरमा बदल्ने अठोट गरे । विभिन्न देशको हिमाल आरोहन गर्दै विश्वकै सर्वोच्चो सिखर सगरमाथा यही जेष्ठ ५ गते चढ्न सफल भए र उनले सारा विश्वका मान्छेलाई एउटा गतिलो सन्देश दिए — मान्छेसँग दृढ इच्छाशक्ति र सिर्जनशिलता छ भने जस्तो सुकै प्रतिकुल परिस्थितीलाई पनि अनुकुलतामा बदल्न सकिन्छ ।


 

हरि बुढाको यो सिर्जनसिलता र साहसले सबै मानव जातिलाई एउटा गतिलो सन्देश सधै भरि दिइरहनेछ । मेरा गाउंले भाइको नाताले म गर्भ गर्छु र प्रफुल्लीत छ । आखिर यति शाहस र सिर्जनसिल्ता मान्छेमा कहाँबाट आउँदो रहेछ ?

 

मेरो देशमा विगत केहि समयदेखि सतहमा आएको भुटानी शरनार्थी प्रकणले देश लज्जीत छ । राजनैतिक नेता, राज्य र कर्मचारी तन्त्र मिलेर आफ्नै नागरिकलाई पैसाको मोहमा शरनार्थी बनाई तेस्रो देशमा विस्थापीत गर्ने घृणित काम पनि हुँदो रहेछ । यो राज्य समयन्त्रले मान्छे बेच्ने कार्य अहिले मात्र होइन पहिले देखि चल्दै आएको छ । चन्द्र शमशेरले गोरखा भर्तिको नाममा आफ्नै नागरिक बेचे, विगतमा माओवादी युद्ध दवाउने नाममा नेपाली जनतालाई खादी राष्ट्र र कोरिया, जापानमा बेचियो र हाल शरनार्थी बनाई बेचेको यो पछिल्लो कडी हो । आखिर आफ्नै नागरिकलाई विभिन्न फर्जि नाममा कहिले सम्म बेच्ने होला यो राज्यले ?

 

मैले सुन्दैछु  बझाङ जिल्लाको एउटा निश्चित भाग ओगतेर MCC को नाममा अमेरिकन सेना बस्दै छ रे । भरखरै G – 7  राष्ट्रको बैठकले चिनको बढ्ढो साखलाई काउन्टर दिने खालको वक्तव्य जापानबाट प्रसार भएको छ । चीनलाई काउन्टर दिने नाममा नेपाल युक्रेन जस्तै युद्ध भूमी त हुँदैन? युक्रेनका जेलेन्स्कीको भूमिका खेल्न सक्ने नयाँ र पुराना नेताहरु नेपालमा नभएका होइन्न ।  यो कस्तो निर्लज्जता र बर्बर सभ्यता हो — राज्य चलाउनेहरुले आफ्नै नागरिक र भूमी बेच्ने ?