बढ्दो लागुऔषध दुव्र्यसनी

 

जीतजंग वली


लागू औषधको ओसार–पसार र दुव्र्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुव्र्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी प्रयोग गर्ने कार्य वा प्रबृतीलाई लागू पदार्थको दुरुपयोग भनी बुझ्दछौ । कुनै व्यक्तिलाई सधै भरी लागू औषधको सेवन गरि रहनु पर्ने अबस्थाको श्रृजना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारिरिक अबस्थामा परिबर्तन आउने कार्य नै दुव्र्यसन हो ।

बिश्वका अधिकांश देशहरुले लागू औषधलाई नियन्त्रण गर्न र यसमा संलग्नलाई कानुनी दायरामा ल्याउने उधेश्यले कानुनहरु बनाई लागू गरेका छन । नेपालमा पनि सर्वसाधरण जनताको सदाचार, स्वाश्थ, सुबिधा र आर्थिक हित कायम राख्नको लागी लागूऔषधको खेती, उत्पादन, निर्माण, खरिद बिक्री, संचय, ओसार–पसार, सेवन तथा निकाशी पैठारी समेत नियन्त्रण गर्ने उधेश्यले लागू औषध नियन्त्रण ऐन २०३३ लागू भई कार्यान्वयनमा रहेको छ । यस ऐनको परिभाषा बमोजिम लागू औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार, नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकासित गरी तोकी दिएका अन्य पदार्थ सम्झनु पर्ने भनी उल्लेख गरेको छ ।
लागू पदार्थको सेवनले व्यक्तिको जिबनलाई बर्बाद गर्ने मात्र नभै त्यस्तो व्यक्तिको परिवार, छिमेकी तथा समाजलाई नै तनाबमा राखी समाज प्रदुषित गर्ने कार्य गर्दछ। लागू औषधको कुलतमा फस्ने व्यक्तिहरुको कारणले समाजमा विभिन्न प्रकारका बिकृती तथा अपराधको संख्यामा समेत बृद्दी हुन जानेछ । नेपालको सन्दर्भमा निम्न कारणहरुले दुव्र्यसनको संख्यामा बृद्धि भएको पाईन्छ ।
निम्नः
पारिबारीक वातावरण
उत्सुकता
कुनै काममा असफल भई Frustration हुनु
अबैध लागू औषधको व्यापार
आमाबाबु र शिक्षकको नियमीत सुपरिबेक्षणमा कमी
पारिबारीक तनाब
अज्ञानता
बेरोजगारी
देखासिकी, नक्कल
नागरिक समाजको निष्कृयता