सुगरले निको भएन घाउ,खुट्टा काटेर फाल्न आर्थिक अभाब

तुलसीपुर,३ जेठ । दाङ तुलसीपुर १८ अक्कासी निवासी ४४ बर्षीय इन्द्रबहादुरखड्कामा सुगरको समस्था थियो ।

सुगरकै समस्याका बीच खुट्टाको पैतलामा घाउ भयो । तर, त्यो घाउ निको भएन । तीन बर्ष अघिको त्यो घाउ निको नहुँदा उनको खुट्टा काटेर फाल्नु पर्ने अबस्था आयो । दाङका बिभिन्न अस्पतालमा मात्रै नभई नेपालगञ्जलगायत बिभिन्न ठाउँमा उपचार गर्दा पनि सञ्चो भएन । त्यसपछि काठमाडौंको शिक्षण अस्पतालमा जाँच गराए ।

त्यहाँ जाँच गराउँदा डाक्टरले घुँडा नजिकैबाट काट्नु पर्छ, भनेपछि उनलाई झनै तनाब बनाएको छ । न्यून आर्थिक अबस्था भएका खड्काको खुट्टा काट्न १५ लाख भन्दा बढि खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । तर, उनको २/३ कठ्ठा मात्रै जग्गा छ । अहिलेसम्म उपचारकालागि लाखौं खर्च भइसकेको छ । जग्गा बेचेर उपचार गरौं भन्दा पनि समस्या छ ।


त्यसैले उनले आर्थिक सहयोगकालागि सबैमा अनुरोध पनि गरेका छन् । काठमाडौं उपचार गर्दा घरमा खाना खर्च समेत जुटाउन सक्ने अबस्था नभएको पीडितले बताएका छन् ।

May be an image of text that says 'बैकको नाम NIMB खाता नम्बर 10805080058360 खाता वालको नाम INDRA BAHADUR KHADKA'