तुलसीपुरमा ५३ बर्षीय गौतम माथि रड प्रहार

तुलसीपुर, १९ जेठ । दाङको तुलसीपुरमा ५३ बर्षीय एक ब्यक्तीमाथि रड प्रहार भएको छ ।

आईतबार राति ११ बजेतिर तुलसीपुर ५ जेसिजचोकमा उभिरहेको अबस्थामा तुलसीपुर ५ ग लाइन निवासी ५३ बर्षीय अर्जुन गौतम माथि रड प्रहार भएको हो ।

उपमहानगरपालिका कार्यालय तर्फबाट आइरहेको नम्बर नखुलेको बुलेटमा सवार दुई जनाले रडक प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।


चालकले मोटरसाईकल रोकी रड प्रहार गर्दा अनुहार र नाँकमा गहिरो चोट लागेको छ ।

उनको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि भैरहवा रिफर गरिएको छ ।