मावि सौडियारमा विब्यसको छड्के, एकैदीन बिना निवेदन ४ जना शिक्षक विदामा

घोराही, २ जेठ ।
घोराही –७ सौडियार स्थित मावि सौडियार विद्यालयमा विद्यालय ब्यवस्थापन समितिले आज छड्के अनुगमन गरेको छ । विद्यालय ब्यवस्थापन समितिका सदस्य जिउधन चौधरीको नेतृत्वमा पुगेको टोलिले विद्यालयको छड्के अनुगमन गरेको हो । अनुगमनकाक्रममा विद्यालयमा शिक्षकहरु विना निवेदन विदामा बस्ने गरेको भेटिएको छ ।

अनुगमनमा खटिएका विब्यस सदस्य चौधरीले निमावि तहका शिक्षक मोति केसी, बाल विकास केन्द्रकि शिक्षीका शुभद्रा भण्डारी, मावि तहका शिक्षक नारायण भण्डारी, लेखापाल केशव केसि बिना निवेदन विदा बसेको जानकारी दिए ।


चौधरीले विद्यालयका शिक्षकलाई पटक–पटक निवेदन दिएर बिदामा बस्न सुचना गरेपनि अटेर गरेपछी आज छड्के अनुगमन गरीएको बताए । उनले यो अनुगमन निरन्तर चल्ने पनि बताए ।

उनले विना निवेदन बिदा बसेकालाई पहिलो पटक सचेत गराउन विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिईएको र फेरी पनि अटेर गरे शिक्षा ऐन, नियम अनुसार कारवाही हुने जानकारी गराईएको बताए । उनलृ विना निवेदन विदामा बस्ने कुरा विब्यसले नमान्ने पनि चेतावानि दिए ।