लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षको कति सुविधा पाउँछन् ?

दाङ,२६ वैशाख ।
प्रदेशमा प्रमुख सचिब सरह सुविधा लिने गरि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् । प्रदेश सरकारको मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले डा. केसीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री अध्यक्ष रहने उक्त आयोगमा उपाध्यक्ष र ४ जना सदस्य रहन्छन् । उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन् ।

उपाध्यक्षको मासिक तलब ४९ हजार छ, भने आवास सुविधा, फर्निचर, एउटा गाडी, इन्धन, मोविल, सञ्चार सुविधा, धारा, विजुली, अतिथि सत्कार, यातायात सुविधा गरि मासिक डेढ लाख बढि सुविधा पाउछन् ।


उनले ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ । गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका तुलसीपुर ६ निवासी केसी अफगानिस्थानमा विकास संग जोडिएर दशक वढी काम गरेका हुन् ।