दाङ, २६ साउन । दाङको घोराही उपमहानगरले नगर भित्र शिक्षक दरबन्दि मिलानका लागि गृहकार्य गर्न समिती बनाएको छ ।
सामाजिक बिकास समितिका संयोजक तथा घोराही १ का वडा अध्यक्ष राममणि पाण्डेको संयोजकत्वमा नगर शिक्षा समिति सदस्य जिबन गौतम,उद्धब न्यौपाने, केशब थापा र घोराही उपमहानगरको शिक्षा महाशाखा प्रमुख बिनोद गौतम रहेका छन ।
दरबन्दि मिलानको नाममा शिक्षक मिलान नगर्न शिक्षा सरोकारवालाले सुझाब दिएका छन । दरबन्दि मिलानको गृहकार्य गरेर घोराहीका मेयर नरुलाल चौधरीलाई प्रतिबेदन बुझाएपछि शिक्षक सरुवा हुनेछ । खासगरि शिक्षक सरुवा शैक्षिक शत्र सुरु हुनु अगाबै गर्नुपर्नेमा अहिले सरुवा गर्न खोज्नुले अन्यौलता छाएको छ ।
अहिले सामुदायिक बिद्यालयमा ३० प्रतिशत कोर्ष पनि सिद्धिएको छैन । सामुदायिक बिद्यालयमा दिनप्रतिदिन बिद्यार्थी संख्या घट्दै गइरहेको छ भने नतिजा पनि सार्है कमजोर रहेको छ ।
लाइभदाङ । २६ श्रावण २०८१, शनिबार २३:०६ बजे