बंगलाचुली गाउँपालिका अध्यक्षमा गठबन्धनको विजयी

तुलसीपुर,२ जेठ ।


दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धन अन्तर्गत माओवादी केन्द्रका तुलसीराम पुन(सुवास) र उपप्रमुखमा काँग्रेसका भक्तबहादुर जीसी विजयी भएका छन् । त्यस्तै बंगलाचुलीमा ४ वटा वडा काँग्रेस र ४ वटा वडा माओवादी केन्द्रले जितेको थियो । यस अघि एमालेले वडा नं. ६ जितेको थियो । त्यस्तै माओवादी केन्द्रले ६ वटा वडा र काँग्रेसले एउटा वडा जितेको थियो । बंगलाचुलीमा उपप्रमुख पनि माओवादी केन्द्रले नै जितेको थियो ।