दाङका मिटिर ब्याजी पीडितलाई सम्पर्क आउन अनुरोध

तुलसीपुर, १२ वैशाख ।
दाङका मिटर ब्याज पीडितहरुलाई सम्पर्क आउन अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले बैशाख ३१ गतेसम्म सम्पर्क आउन भनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले अनलाइनबाट फाराम भर्न सकिने भएकाले सम्पर्क अनुरोध गरेकी छिन् ।


एक सूचना जारी गरि अनुचित लेनदेन(मिटर ब्याज)सम्बन्धी जाँचबुझ आयोग, २०७९ को पत्र अनुसार सो सूचना जारी गरिएको हो । फाराम भर्नकालागि सबुद प्रमाण चाहिन्छ ।