राष्ट्रिय उद्योग व्यापार संगठन तुलसीपुरको अध्यक्षमा डाँगी

तुलसीपुर
२ असोज / माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन तुलसीपुरको अध्यक्षमा घनश्याम डाँगीलाई चयन गरिएको छ ।

शनिबार तुलसीपुरमा भएको तेस्रो अधिवेशनले डाँगीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा कालु जैसी(गौरव), बाणिज्य उपाध्यक्षमा पूर्णबहादुर डाँगी, खुल्ला उपाध्यक्षमा सारदा ओली, महासचिबमा बसन्त भण्डारी, सचिबमा हरि प्रसाद बुढाथोकी र कोषाध्यक्षमा तुलसीराम परियारलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा केशर खड्का, उदय देवकोटा, एकराज कडेँल, कृष्ण पुन, टिकाराम खत्री, पेसल डाँगी, पूर्णबहादुर डाँगी, प्रकाश भण्डारी, गोपी चौधरी, रामबहादुर डाँगी, भिमबहादुर केसी, बेदबहादुर सुनार, ताराप्रसाद अधिकारी, मिसनकुमार सुनार, मिना कुमारी केसी, भुपबहादुर वली, जीवराज ओली, कुबेर कडायत, देबबहादुर सुनार, रामबहादुर डाँगी, उत्तमकुमार डाँगी, मोहन शर्मा, दक्तबहादुर बस्नेत, टिकाराम केसी, विप्लव वली, गोविन्द केसी, टोपबहादुर चौधरी, धनबहादुर विक र पहल बुढालाई चयन गरिएको छ ।
त्यस्तै सल्लाहकार कमिटि पनि चयन गरिएको छ ।

जसमा मोहनबहादुर वली, प्रशुराम पुन, राजेन्द्र श्रेष्ठ, अल बहादुर बाँठा, बेदप्रसाद वली, शेषकान्त ढकाल, निर्मल आचार्य, धनबहादुर बुढा, किशोर वली, कानुनी सल्लाहकारमा रामशरण चौधरी र प्रेस सल्लाहकारमा दिपक बोहरालाई चयन गरिएको छ ।


संगठनका तत्कालिन अध्यक्ष डिल्लीबहादुर वलीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निमल आचार्य, हेमराज शर्मा, किसान महासंघका केन्द्रीय उपाध्यक्ष शेसुराम भण्डारी, संगठनका केन्द्रीय सदस्य यज्ञबहादुर केसी, ओविन्द्र महरा, मिनराज भण्डारी, पार्टीका प्रदेश सदस्य रामबहादुर दहित, तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, प्रेमराज वली‘प्रभात’, अनुपम खड्का, डिल्ली अधिकारी, नारदमनी पोखरेललगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष विरबहादुर वलीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिब बेदप्रकाश वलीले गरेका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'