वली र देउवा दाङ आउँदै

File photo of CPN-UML Chairman KP Sharma Oli (left) and Nepali Congress President Sher Bahadur Deuba. Photos: THT

दाङ, २३ माघ । नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वली र काँग्रेस सभापति शेरबहादुर देउवा दाङ आउने भएका छन् । यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङ आएका थिए ।

फागुन ५ गते घोराहिमा जनसभालाई सम्बोधन गर्न वली दाङ आउन लागेका हुन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बोधन गर्न दाङ अउने भएका हुन् ।


उनी माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सवमा आउन लागेका हुन् ।