बदेल नियन्त्रण गर्न मन्त्रीलाई ध्यानाकर्षण

तुलसीपुर, २५ जेठ ।
किसानले लगाएको खेतिमा बदेलले नष्ट गर्ने गरेको भन्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीलाई ध्यानाकर्षण गराईएको छ । माओवादी केन्द्र शान्तिनगरले मन्त्री मास्कीलाई भेटी पहाडी क्षेत्रमा बदेल र बाँदरले निकै समस्या बनाएको भन्दै समस्या समाधानकालागि माग गरेको हो ।

पालिका अध्यक्ष नेवबहादुर रोका मगरका अनुसार बदेल र बाँदरले गर्दा किसानको उठीबास लाग्ने गरेको छ । वडा नं.१,२, ३, ४ लगायतका क्षेत्रमा धेरै किसानहरु छन् । तर, ति किसानहरुले बर्सेनी बदेल र बाँदरले गर्दा समस्यामा पर्ने गरेका छन् । “रातभर जागराम बस्नु पर्ने अबस्था छ, त्यतिले मात्रै पनि हुँदैन, बर्षेनी किसानले लगाएको मकैमा क्षति पुग्ने गरेको छ”,उहाँले भन्नुभयो“यसलाई उचित ब्यबस्थापन गर्नुपर्छ ।”


यो बिषयमा बर्सेनी सम्बधित निकायमा ध्यानाकर्षण गराउने गरेको भएपनि सुनुवाई नभएको समेत गुनासो गर्नुभयो । मन्त्री मास्कीले यो बिषयमा आफू गम्भीर रहेको बताउनुभयो । उहाँले संसदमै कुरा उठाउने समेत बताउनुभयो ।