दाङमा स्तन क्यान्सरको सफल अप्रेशन 

तुलसीपुर,८ असोज । दाङको तुलसीपुरमा स्तन क्यान्सरको सफल अप्रशन भएको छ । तुलसीपुर स्थित नागरिक केयर अस्पतालमा स्तन क्यान्सरको सफल अप्रेशन भएको अस्पतालका सञ्चालक दया ज्ञवालीले बताए ।

उनका अनुसार दाङमा पहिलो पटक तुलसीपुरमा स्तन क्यान्सरको सफल अप्रेशन भएको हो । बरिष्ट स्तन क्यान्सर रोग बिशेषज्ञ डा. सञ्जय पाण्डेको टोलीले अप्रेशन सफल पारेको हो । भदौ २३ गते अप्रेशन भएको हो । डा. पाण्डे अब प्रत्येक महिनाको शनिबार नागरिक केयर हस्पिटलमा आउने भएका छन् ।


उनी लामो समय चितवन क्यान्सर अस्पतालमा कार्यरत थिए । सञ्चालक ज्ञवालीका अनुसार अब स्तन क्यान्सरकालागि चितवन जानु पर्दैन । तुलसीपुरमै सफल अप्रेशन हुने उनको भनाई छ । यस अघि चितवन जानु पर्ने अबस्था थियो ।