मिर्गौला पीडितलाई सहयोग

तुलसीपुर
११ माघ / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भमके निवासी मिर्गौला पीडित धनीराम चौधरीलाई आर्थिक सहयोग गरिएको छ । माओवादी केन्द्रका नेता समेत रहेका चौधरी लामो समयदेखि मिर्गौला पीडित छन् । उनले हाल राप्ती प्रादेशिक अस्पतालमा डायलासिस गराईरहेको र केही समयमा मिर्गौला प्रत्यारोपन गर्न लागेका छन् । तर, आर्थिक अबस्था निकै कम्जोर भएकाले उनलाई आर्थिक सहयोग गरिएको हो ।

नेकपा(माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका वडा नं.२ को पहलमा संकलन गरिएको ६१ हजा ४ सय ९५ रुपैँया सहयोग गरिएको हो । पार्टीका नगर कमिटि सदस्य प्रेमराज न्यौपानेको, पार्टीका वडा सचिब मोतिलाल चौधरीको पहलमा पार्टी कमिटि, बिभिन्न संघसंस्थाहरुबाट सहयोग संकलन गरिएको हो । त्यस्तै पार्टीको तुलसीपुर १ कमिटिले पनि सहयोग गरेको थियो ।


केही समयमा मिर्गौला प्रत्यारोपन हुन लागेको भन्दै सहयोग होस्, भनी सहयोग गरिएको नगर कमिटि सदस्य न्यौपानेले बताए । साथै आगामी दिनमा पनि आबश्यक परेमा सहयोग गर्दै जाने उनले बताए । उपचारकै लागि आफूसंग भएको जमिन समेत बेच्नु पर्ने अबस्था आएको तथा थुप्रै आर्थिक समेत सकिएको भन्दै सहयोगकोलागि पीडित चौधरीले सबैमा सहयोग गरेका छन् ।

मंगलबार घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको हो । त्यस अवसरमा पार्टीका नगर कमिटि अध्यक्ष खुसीराम चौधरीले पार्टीले अफ्टेरो परेका ब्यक्तीलाई सधै सहयोग गर्ने समेत बताए । आफूहरुले सक्दो सहयोग गर्ने र मृगौला प्रत्यारोपन गर्दा आबश्यक पर्ने अन्य सहयोग समेत गर्ने प्रतिबद्धता जनाए ।