दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तुलसीपुर,२० जेठ । दाङको बंगलाचुलीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् । बंगलाचुली गाउँपालिकाको मैवालेकमा आज विहान साढे ९ बजेतिर रा ३ प ५७९१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ३२ वर्षका खेतुलाल नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामापरी बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी ३८ वर्षिय मोटर साईकल चालक चेतबहादुर डाँगी घाईते भएको बंगलाचुली गाउँपालिका ४ का वडाध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।


घाईते डाँगीलाई ईलाका प्रहरी कार्यालय कमिरेचौरको टोलिले उद्धार गरी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । साथै शवलाई पोस्टमार्टमका लागि सोही प्रतिष्ठानमा पठाईएको छ । साँगुरो र अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।