शान्तिनगरमा खोजी पत्रकारिता तालिम सुरु

तुलसीपुर,२७ वैशाख । दाङको शान्तिनगरमा पाँच दिने खोजी पत्रकारिता एवं उद्घोषण तालिम सुरू भएको छ । बुधबारदेखि शान्तिनगर ५ रगैचामा उक्त तालिम सुरू भएको हो ।

असल शासन संरक्षण मञ्च दाङको आयोजना तथा शान्तिनगर गाउँपालिकाको सहयोगमा तालिम सुरू भएको हो । गाउँ-गाउँमा पत्रकार उत्पादन गर्ने भन्दै तालिम आयोजना गरिएको हो ।

मञ्चका कार्यक्रम संयोजक निराश पाण्डेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले पत्रकारिता शहर केन्द्रित भन्दा पनि गाउँ केन्द्रित हुनुपर्ने बताए ।


तालिमको पहिलो दिनको प्रशिक्षकमा पत्रकार दीपक बोहरा रहेका थिए । तालिममा गाउँपालिकाका बिभिन्न क्षेत्रका दुई दर्जन बढिको सहभागिता रहेको थियो ।