निर्माण कार्यमा ढिलासुस्ती हुँदा व्यहोर्ने मानविय क्षति

निर्माण कार्यमा ढिलाई हुँदा पटक–पटक मानविय क्षति व्यबहार्नु परेको छ । तर, त्यसमा ताकेता कसैबाट पनि हुने गरेको छैन । निर्माण व्यबसायीले ढिलासुस्ती गर्दा घोराही–तुलसीपुर चारलेन अन्तर्गत प्रसेनीको खाल्डोमा दुर्घटना हुँदा एक सवारी चालकको घटनास्थलमै मृत्यु भयो । जुन सडक लामो समयदेखि निर्माणाधिन अबस्थामा छ । दुर्घटना भएपछि मात्रै त्यो सडकबीचको खाल्डो पुरिएको थियो । चारलेन अन्तर्गत त्यस्ता थुप्रै खाल्डाहरु थिए । दुर्घटना भइसकेपछि ति खाल्डा पुरिएको थियो । पत्रेखोला पनि निर्माण सुरु भएको ६ बर्ष वितिसक्दा पनि निर्माण कार्य पूरा नहँुदा धेरै यात्रुहरुले सास्ती भोग्नु परेको छ । केही सवारी साधन बगे । केही घाइते पनि भए । पुल निर्माण पूरा नभएकै कारण सिस्नेखोलामा एकैघरका दिदी बहिनीसहित नातागोताकै चारजनाले ज्यान गुमाउनु प¥यो । निर्माण कार्य ढिलासुस्ती हुँदा यसरी नागरिकले सास्ती मात्रै होईन्, ज्यूजानकै जोखिम मोल्नु परेको हुन्छ ।

विकास निर्माण ढिला हुँदा यसरी मानिशको ज्यान जाने गरेका यस्ता घटना नयाँ होईनन् । तरपनि यस्ता घटनाबाट पाठ सिक्न भने सकिएको छैन । त्यसले गर्दा पनि धेरैले अकालमै ज्यानु गुुमाउनु परिरहेकै छ । विकास निर्माण अपरिहार्य हो । तर, यसलाई तोकिएकै समयमा निर्माण सम्पन्न गर्नतर्फ निर्माण व्यबसायी आफै पनि जागरुक हुनुपर्ने हो । तर, पनि त्यसो हुन सकेको छैन । निर्माण व्यबसायी जागरुक नभएपनि नियमक निकायहरु अलि ध्यान दिनुपर्ने हो । ढिला गर्ने कम्पनीलाई तत्काल कारवाही गरेर तत्काल नयाँलाई काम गर्न दिन मिल्ने गरि कानुनी रुपमा पनि सहज बनाउने र नियमक निकायले ढिलासुस्ती गर्दा निरन्तर दवाव दिने कार्य पनि जारी राख्नु पर्ने हो । तर, त्यसो हुन नसक्दा पनि परिणाम यस्तो आउने गरेको छ । त्यसैले विकास निर्माणमा ढिलासुस्ती हुँदा हुने यस्ता खालका कार्यलाई सबैले निरुत्साहित गरौं ।


कानुनी रुपमा धेरै अडचनहरु आउने गरेका छन् । निर्माण कम्पनीले ढिलासुस्ती, लापरवाही गर्दा पनि तत्काल कारवाही गर्न सक्ने अबस्था छैन । यसलाई पनि कानुनीरुपमा सुधार गर्न आबश्यक देखिन्छ । विकासमा देखिने यस्ता समस्या समाधान गर्न सबै एकजुट बनौं । सबैले कानुनी सुधारदेखि निर्माणको ढिलासुस्तीलाई रचनात्मक दवाब दिऔं ।