दाङका दुई शहर घोराही र तुलसीपुर जोड्ने सडक चारलेन बनाउने विषय पटक–पटक चर्चाको विषय बन्छ । केही राजनीतिज्ञको नारा पनि बन्छ । बीचमा सोही सडक चारलेन बनाउन भनि भारतिय एग्जिम बैंकले ऋण पनि दियो । तर, काम अघि बढेन् । निर्माण सुरु भएको पाँच वर्षसम्म पनि ५ प्रतिशत पनि काम हुन सकेन । त्यही सडकका कारण यहाँका ‘हेभिवेट’ भनिएका नेताहरुले नै चुनाबमा हार ब्यहोर्नु परेको थियो । जनताको चौतर्फी दवाव पनि त्यो सडक निर्माण कार्यको ठेक्का तोडिएको थियो । ठेकेदारकै लापरवाहीले काम अघि बढ्न सकेको अवस्था थिए ।
त्यो सडक साँघुरो हुँदा आवत जावतमा पनि निकै समस्या छ । दुर्घटना दिनानुदिन बढिरहेका छन् । त्यसमा पनि चारलेन निर्माणमा क्रममा वरिपरि खनिएका खाडलले निकै जोखिम बढाईरहेको छ । पछिल्लो समय बढिरहेको सवारी संख्या र बढ्दो जनसंख्यालाई मध्येनजर गर्दा चारलेन अपरिहार्य छ ।
अहिले त्यो चारलेनलाई पुनः बहुबर्षिय बनाउने गरि तयारी गरिएको छ । विकासमा सबै नेतृत्व एक जुट हुनुपर्ने हो । तर, आफूले जस लिने अबस्था भएमा सहयोग गर्ने, अन्यथा काममा अवरोध गर्ने विगतदेखिकै दाङका राजनीतिक नेतृत्वको प्रबृति हो । अहिले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय मार्फत बजेट विनियोजन गरि काम अघि बढाउने गरि तयारी छ । बहुबर्षिय बनाउने गरि टेन्डर आह्वानको तयारी छ । सरकारले यसमा प्रयाप्त बजेट विनियोजन गरेको छ । स्रोत जुटाएर काम अगाडी बढाउने गरि कदम थालिएको छ । अहिले टालटुल पारेर काम चलाइरहेको चारलेनमा पुनः विगत जस्तै न त काम गर्ने, न त टालटुल पार्नेसम्मको अधिकार समेत नहुँने गरि काम अगाडी बढाउन त्यसले पुनः समस्या निम्त्याउन सक्छ । स्पस्ट स्रोत सुनिश्चित गरेर चारलेनको काम अगाडी बढाउनु पर्छ । न की कुनै राजनीतिक दलको चुनाबी नारा बन्न मात्रै टेन्डर होस् । यदि विगतजस्तै पुनः समस्या दोहोरिएमा नागरिकको सहनसिलता हराउदै जानेछ, यस तर्फ ख्याल गरेर प्रभावकारी काम अगाडी बढाउने गरि तयारी थाल्नु पर्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ३ मंसिर २०८१, सोमबार ११:०८ बजे