राप्ती बबई क्याम्पसको अध्यक्षमा रेग्मी

तुलसीपुर,१० वैशाख ।
दाङको तुलसीपुर स्थित राप्ती बबई क्याम्पस सञ्चालक समितिको अध्यक्षमा श्याम रेग्मी निर्वाचित भएका छन् ।

उनी काँग्रेस गेहेन्द्र गिरी निकट हुन् । उनले ३९ मत प्राप्त गरेका छन्, भने उनका प्रतिस्पर्धी काँग्रेसकै दीपक गिरी निकट निर्मल कुमार आचार्य(बीट)ले ३७ मत प्राप्त गरेका थिए । त्यो बाहेक अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।


 उपाध्यक्षमा एमालेका मिनराज वली, कोषाध्यक्षमा काँग्रेसका विनिल केसीलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा माओवादी केन्द्रका निर्मल आचार्य, एमालेका नरेशराज भण्डारी, काँग्रेसका केशव सापकोटा र दामोदर लामिछानेलाई चयन गरिएको छ ।