हिमाल एकाडेमीमा खुल्ला रक्तदान

तुलसीपुर,२५ असार । हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा सोमबार खुल्ला रक्तदान भएको छ।

दाङमा भएको रगतको अभाबलाइ पुर्ती गरि बिरामीको ज्यान बचाउने उद्देश्यले यो कार्य गरिएको हो । स्टुडेन्ट क्वालिटी सर्कल अन्तर्गत सामाजिक उत्तर्दायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अबसरमा ३१ जनाले रक्तदान गरेको बिद्यालयले जनाएको छ ।

रक्तसन्चार केन्द्र तुलसीपुर दाङको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बिद्यालयका शिक्षक नवीन कुमार पराजुलीले बिद्यार्थीहरुमा मानबताको सेवा जागृत हुनु सकारात्मक भएको बताएका छन् । यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने उनको भनाई छ ।


बिद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले बिद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा बिद्यालय सदैब हातेमालो गर्न तयार रहेको बताए ।

बिद्यार्थीमा पठन–पाठनसंगै सामाजिक उत्तरदायित्व पनि बहन गर्नु पर्ने बबताए । सर्कल अध्यक्ष अन्जली शाहको अध्यक्षता तथा कोर्डिनेटर विशेष श्रेष्ठले धन्यबाद ज्ञापन र सहजीकरण शिक्षक भिमलाल मरासिनिले गरेका थिए ।