पहिरो हटाएपछि तुलसीपुर–कपुरकोट सडक खुल्यो

तुलसीपुर,२१ भदौ । पहिरो हटाएपछि राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडक खुलेको छ ।
नियमितको बर्षादले विहीबार साँझ साढे ७ बजेतिर आएको पहिरोको कारण उक्त सडक खण्ड अबरुद्ध भएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार विहान ९ बजेतिर सडक खुलेको हो ।