दाङमा दाना पकाउने क्रममा कपडामा आगो सल्किदा एकको मृत्यु

तुलसीपुर १ बैशाख । दाङमा गोरुलाई दाना पकाउने क्रममा आगो कपडामा सल्किदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्दधारा निवासी ५८ वर्षीय बलिराज एरी शरिरमा आगो सल्किदा गम्भीर घाइते भएका थिए ।


उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
उनको राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।