तुलसीपुर,१ वैशाख । आयुर्वेद चिकित्सा विद्यार्थी समाज बेलझुण्डीले नयाँ बर्षको अवसरमा वालवालिकाको स्वास्थ्य परीक्षण गरेको छ । तुलसीपुर १८, हेमन्तपुरमा उक्त कार्यक्रम भएको हो । वालवालिकाको स्वास्थ्य अबस्था बुझ्न उक्त कार्यक्रम आयोजना गरिएको हो । समाजका अध्यक्ष अजय कुमार महतोको नेतृत्वमा उक्त कार्यक्रम भएको हो । सदस्य संजिता चौधरीको अध्यक्षता तथा वडा सदस्य शितल बुढा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा राप्ती प्रादेशिक अस्पतालका शिशु रोग विशेषज्ञ डा.आदर्श रेग्मी, डा. शैलेश उपाध्याय, आयुर्वेद प्रादेशिक अस्पतालका पञ्चकर्म विशेषज्ञ डा. योगेश प्रसाद वैद्य, अनेरास्ववियु केन्द्रिय सदस्य सर्जन परियार तथा गोविन्द नेपाली, खड्ग बहादुर बस्नेत,मेनका बुढा मगर , ऐश्वर्य वली, डा. विकास रिजाल, सुलोचना ढकाललगायतको आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमको मुख्य प्रायोजकमा सिर्जना गिरी, रियान्स मेहरा,सिए कौशल जैसवाल रहेका थिए । त्यस क्रममा स्वयंसेवकको रूपमा अभिमन्यु यादव, वर्षा वली, अंशु झा, मिना भुषाल, श्रृती झा, प्रतिभा कुशवाहा, मनिष कौशल, रुपेश मिश्र, मंजिता विष्ठ, नन्दनी तिवारीलगायत रहेका थिए ।
कार्यक्रमको पहलकदमी अरविन्द कुमार यादवले लिएका थिए, भने केसी पुस्तक पसल, देवकोटा किराना पसल, आईडिएल मेडिकल हल विजौरीले सहयोग गरेको हो । उक्त कार्यक्रममा ६० जना बालबालिकाको स्वास्थ्य परिक्षण, शैक्षिक समाग्री तथा खाजा वितरण गरिएको थियो । साथै ४० जना युवा तथा बुढापाकाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रमको सहजीकरण श्रीधर गौतमले गरेका थिए ।
लाइभदाङ । १ बैशाख २०८०, शुक्रबार २१:३९ बजे