शुक्रबार १ दिने देशव्यापी शैक्षिक हड्तालको घोषणा

तुलसीपुर, २ साउन । अखिल क्रान्तिकारीले आज शुक्रबार १ दिने देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । जसले गर्दा दाङको तुलसीपुरका विद्यालय तथा क्यापस खुल्न सकेको छैनन् ।

कतिपय विद्यालय बन्द हुने भनेर सुचना जारी गरेका छन् भने कतिपय विद्यालयमा आधिकारिक रुपमा जानकारी नहुँदा संचालन गर्ने कि बन्द गर्ने भन्नेमा नै अन्यौलता रहेको विद्यालयहरुले जानकारी दिनएका छन् । अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्षिराम शर्मा र महासचिव मदन जोशीले पनि विज्ञप्ती जारी गर्दै सम्पूर्ण शैक्षिक संस्थाहरु बन्दको घोषणा गर्नुभएको छ ।

२०२८ सालको शिक्षा ऐन खारेजी र २०७२ मा जारी गरिएको संविधान अनुसारको हरेक नागरिकको मौलिक हक निशुल्क र समान वैज्ञानिक शिक्षा ऐन जारी गर्न माग गर्दै विभिन्न चरणबद्ध रुपमा आन्दोलग गर्दै आएको विज्ञप्तीका उल्लेख गरिएको छ ।


यता तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्र भण्डारीले शिक्षा शाखामा विद्यालय बन्दको कुनै आधिकारिक सुचना नआएको जानकारी दिनुभयो । सरकारले विद्यालय बन्द गर भन्ने कुरा हुँदैन । बन्दकर्ता र विद्यालयको सहमती भएकै होला त्यही आधारमा विद्यालय खुल्ने कि बन्द गर्ने सरसल्लाह भएको होला उहाँले भन्नुभयो ।