रचना रिमालले नचाईन ज्ञान ज्योतिका विद्याथी

तुलसीपुर, २९ चैत । ज्ञान ज्योति उच्च माध्यामिक विद्यालयले बुधबार कक्षा १२ का विद्यार्थीलाई विदाई गर्दै थियो । तर, माहोल संगीतमय थियो । विद्यार्थीहरुले आफ्ना पहिचानयुक्त प्रस्तुती राखिरहेका थिए ।

त्यमा झनै सुगन्ध थपेको थियो ः चर्चित गायीका रचना रिमाल र गायक प्रकाश रेग्मीको प्रस्तुतीले । उनीहरुले प्रस्तुती राख्दा विद्यार्थीहरु खुबै रमाएका थिए । रिमालले फोटो फिरिममा, उनको प्रीति, सम्झीने‘पानी छम्किने, मिनिरल वाटर, सुनन प्यारी, तिमी त पोखरेली..जस्ता चर्चित गीतहरु गाएकी थिइन् ।

त्यस्तै दंगाली गायक प्रकाश रेग्मीले शिरको फुल शिरैमा,डाली नुग्यो पिरतीको लगाएतका गितहरु गाएर विद्यार्थीहरुलाई नचाएका थिए । त्यस्तै बिद्यालयकी छात्रा शाईसा केसी लगाएत दर्जनौं गीतहरुमा विद्यार्थीले नेत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अधिकांश विद्यार्थीहरु प्लस टु सकेपछि विदेश पलाएन हुने क्रम बढ्दो रहेको बताए । यसले नेपाललाई ठूलो नोक्सान पुर्‍याउने भन्दै स्वदेशमै आत्मनिर्भर बन्न सुझाब पनि दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कक्षा ११ मा अध्ययनरत विद्यार्थी प्रमिश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञान ज्योती स्कुलमा लामो समय देखि आवद्ध रहि शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विद्यालयका परिक्षा संयोजक बिमल प्रसाद शर्मालाई नगद रु. १५ हजार ५ सय ५५ रुपैयाले सम्मान गरिएको थियो ।


ज्ञान ज्योती फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सोमराज बस्नेतले गरेका थिए ।

May be an image of 7 people

May be an image of one or more people and crowd