किसानलाई वाली भित्र्याउने चटारो

तुलसीपुर, २९ चैत ।
कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाँइ लगाई रहेका छन्, भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका हुन्छन् । किसानका खेतमा जाँदा अहिले यही दृष्य देखिन्छ । दाङका किसानहरुलाई हिउदे वाली भित्र्याउन चटारो छ ।

किसानहरु तोरी,गहुँ,मसुरो, चनालगायतका बाली भित्र्याउन चटारो परेको हो । तर, वाली भित्र्याउन बेला परेको पानीले भने किसानहरु चिन्तामा परेका छन् । तुलसीपुर उपमहानगरपालिका १५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण खेतबारीमा उत्पादन भएको अन्नबाली स्याहार्न समस्या भइरहेको बताउनुभयो ।“बाली भित्र्याउने बेला भएको थियो, हामीले बाली भित्र्याउने तयारी गरेका थियौं”, उहाँले भन्नुभयो“तर, एक्कासी पानी परेकाले समस्या बनाएको छ ।”

केही दिन अघि परेको बर्षादले वाली भित्र्याउन नपाएका किसानहरु अझै पनि आकास पूर्ण रुपमा सफा नहुँदा चिन्तामा बनेका छन् । हिउदभरि स्याहर गरेर जोगाएको अन्न पानीले कुहिने हो की भन्ने डर रहेको किसान प्रमिला चौधरीले बताउनुभयो ।“हाम्रो ६ महिनाको मेहनत हो”, पानी परेकाले कुहिन्छ की भन्ने डर पनि छ ।”


दाङ तोरी उत्पादनका हिसाबले उत्तम जिल्ला मानिन्छ । जिल्लामा दुई सिजन तोरी खेति गरिदै आईएको छ । १७ हजार हेक्टर क्षेत्रफलमा तोरी खेति हुने दाङमा बर्षेनी २५ हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ । जिल्लामा हाल दंगीशरण, शान्ति नगर र बवइलगायतमा तोरी उत्पादन हुनेगर्छ ।

त्यस्तै दाङमा १२ हजार हेक्टरमा गहुँ खेति हुँदा ३० हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ । त्यस्तै २७ हजार ६ सय हेक्टर जमिनमा मसुरो खेति हुने गरेको छ । जसबाट जसबाट २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ । दाङमा बर्षेनी विभिन्न दुई दर्जन खाद्य बालिको खेति हुने कृषि ज्ञान केन्द्र दाङको तथ्यांकमा छ ।