सल्यानमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

सल्यान, २२ भदौ ।
सल्यानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टि बिकको मृत्यु भएको हो ।

आफ्नै घरको नजिकै आगनमा आमासँगै हिडि रहेको अवस्थामा बालिकालाई मंगलबार साझ करिब ६ बजे सर्पले टोकेको थियो । सामान्य घरेलु उपचारकै क्रममा मृत्यु भएको उनको आमाले जानकारी दिनु भयो ।


चालु आर्थिक वर्षमा मात्र सल्यानमा सर्पको टोकाईबाट दुई जनाको मृत्यु भइसकेको छ । सर्पदंशको उपचार नजिकै नहुँदा अकालमै सर्पको टोकाइबाट ज्यान गुमाउनु परी रहेको छ ।