भिक्टोरिया ट्यूसन सेन्टरको नाममा बोर्ड राखेपछि आपत्ति

दाङ, २६ चैत । तुलसीपुर स्थित भिक्टोरिया ट्युसन सेन्टरले आफ्नो नामको बोर्डमा अरुले नै ब्यापार गर्न खोजेको बताएको छ ।

तुलसीपुरमा आफू लामो समयदेखि स्थापित रहेको अबस्थामा भिक्टोरिया ट्युसन सेन्टरले तुलसीपुरको विपि चोकमा भिक्टोरिया ट्युसन सेन्टर लेखेर बोर्ड राखेको भन्दै आपत्ति जनाएको हो । तुलसीपुर उपमहानगरपालिकामा दर्ता नै नभएको ट्युसन सेन्टरले पहिले चलेकै नाम राखेर ठुलो बोर्ड राखेको छ ।

एउटै नामबाट दुई भन्दा बढि व्यवसाय दर्ता गर्न मिल्ने प्रावधान छैन ।
दर्तामा नै नभएको ट्युसन सेन्टरले तुलसीपुरको विपि चोकमा भिक्टोरिया ट्युसन सेन्टरको नाम राखेर संचालन गरेपछि यसअघि नै सोहि नामबाटै संचालन गरिरहेका केशब लामिछानेले चैत १९ गते एउटै नामबाट राखिएको बोर्ड हटाई पाउँ भनेर तुलसीपुर उपमहानगरपालिकामा निवेदन पनि दिएको बताएका छन् ।


तर नगरले कुनै पनि चासो नदिएको उनको भनाई छ । नगरका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसीले भने एउटै नामबाट ट्युसन सेन्टर संचालन नपाईने भन्दै तत्काल हटाउन पहल गर्ने बताएका छन् ।

उनले एउटै नामबाट व्यवसाय संचालन गर्ने प्रावधान पनि नभएको र तुलसीपुरमा विपि चोकमा रहेको भिक्टोरिया ट्युसन सेन्टरलाई नियमन गर्नका लागि सम्बन्धि शाखामा जानकारी गराएको बताए।

यस्तै नगरका कर शाखा अधिकृत ललित बहादुर घर्तीले आजै बोर्ड हटाउन लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । एउटै प्रकृतिको व्यवसाय संचालन गर्ने अधिकार भएपनि एउटै नामबाट व्यवसाय दर्ता समेत नहुने उनले बताए ।