दाङमा सर्पको टोकाईबाट बालकको मृत्यु

तस्वीर : कुलदीप न्यौपाने

दाङ,२४ चैत । दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर १३ ढकना निवासी ११ वर्षीय बालक छबी चौधरी रहेको प्रहरीले बताएको छ ।

घरको आँगनमा खेल्दै गरेको बल बारीमा गएको र त्यो बल ल्याउन जाँदा सर्पले टोकेको थियो ।

बालकको चोर औंलामा डुमनी प्रजातीको सर्पले टोक्दा गम्भीर विरामी परेका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बालक चौधरीको शुबmबार साँझ ५ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।