१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोह 

दीपक बोहरा, 
दाङ, २२ जेठ ।
१२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको दिक्षान्त समारोह हुन लागेको हो । २०६८ सालमा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दिक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष हुनुपर्ने दिक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपतिले अनुमति नदिदा १२ वर्षसम्म पनि हुन सकेको थिएन ।
यस पटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले अनुमति दिएपछि दिक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका उपप्रशासक विनय कुमार पोख्रेलले बताए । “विश्वविद्यालयको दिक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो”,उनले भने “तर, कुलपतिले अनुमति नदिदा लामो समयदेखि दिक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौं ।”
विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो । यो पाँचौं दिक्षान्त समारोह रहेको उपप्रशासक पोख्रेलले बताए ।  यस अघि २०६८ सालमा पनि १० वर्ष पछि मात्रै दिक्षान्त समारोह भएको हो । २०५७ सालपछि २०६८ मा मात्रै दिक्षान्त समारोह भएको थियो । यस पटक ३१ जेठमा दिक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति प्रचण्ड सहभागि हुने कार्यक्रम छ । दिक्षान्त समारोहमा नहुँदा ‘ग्रयाजुएट’ विद्यार्थीहरूले मुल प्रमाणपत्र पाउन सकेका छैनन् । यस पटक २०७७ सालसम्मका‘ ग्रयाजुएट’ लाई मुल प्रमाणपत्र प्रदान गर्न लागिएको हो ।
संस्कृतमा सास्त्री, एक वर्ष विएड, आचार्य, पिएचडी गर्नेहरूलाई कुलपतिले मुल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।  त्यसमा पनि विश्वविद्यालय टपर मध्ये स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेहरूलाई मञ्चमै बोलाईन्छ, भने अन्य ‘ग्रयाजुएट’लाई ‘फलोर’मा राखिन्छ । त्यसपछि प्रधानमन्त्री तथा कुलपतिले दिक्षामन्त्र ग्रहण समेत गराउने छन्, भने प्रमाणपत्र पनि प्रदान गर्ने कार्यक्रम रहेको उपप्रशासक पोख्रेलले बताए । त्यो प्रमाणपत्रले विश्वविद्यालयबाट दिक्षित भएको भनि अन्तराष्ट्रिय मान्यता पाउन सहज हुने उनको भनाई छ ।
यस वर्ष लामो समयपछि दिक्षान्त समारोह गरिएको भएपनि अब भने नियमित गर्ने गरि तयारी गरेको उपप्रशासक पोख्रलले बताए । “प्रत्येक वर्ष गर्नुपर्ने दिक्षान्त समारोह लामो समयपछि हुन लागेको छ”,उनले भने “यस पछि भने हामी नियमित प्रत्येक वर्ष समारोश गर्ने गरि प्रणालीको विकास गर्न लागेका छौं ।” विश्वविद्यालय अब ‘सिस्टम’ मा चल्ने भन्दै अब प्रत्येक वर्ष यो समारोह आयोजना गर्ने तयारी गरिएको उनको भनाई छ ।
प्रधानमन्त्री तथा कुलपति आउने भएपछि तयारीलाई तिब्र पारिएको छ । विश्वविद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम हुने भएकाले त्यहाँ सडक कालोपत्रे गर्न लागिएको समेत उपप्रशासक पोख्रेलको भनाई छ । त्यसकालागि लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्रालयबाट १० लाख बजेट आएको समेत उनले बताए । त्यही बजेटबाट त्यहाँ कालोपत्रे गर्ने काम अघि बढेको छ । विश्वविद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । साभार : अग्रिम साप्ताहिक