शिक्षा संस्कार र संस्कृतिको त्रिवेणी गुरुकुल : नारालाई व्यबहारमा उतार्दै

दाङ २३ चैत ।
गुरुकुल एकेडेमिले पठाएको पत्र सम्झिदै विद्यालय भएतिर जादै थिए विद्यालय अगाडि पुग्दै गर्दा यस्तो दृश्य देखे । विद्यार्थि गेट भित्र प्रबेश गर्छन अनि गेटमै म्यामले गाला समातेर माया व्यक्त गर्दै भित्र लग्नुभयो । त्यो क्षणले म लगायत अन्य मानिसलाई निकै गौरवान्वित बनायो । सफा र चिटिक्क परेको गुरुकुल एकेडेमि लेखेको गेट थियो । बाहिर धेरै सवारी साधन पार्किङ गरीएको थियो ।

म भित्र नछिरी मनले मानेन । भित्र पस्दा बितिकै सुरक्षा गार्डले दुबै हात जोडि नमस्कार गर्नुभयो यो सस्कार देखेरनै मैले ८/१० जनालाई यो बिद्यालयको बयान गरे । कतिपय विद्यालयले भावी पुस्ताको जिम्मा लिएको हुन्छ । अब्बल मानिस जन्माउने थलो विद्यालय हो । सीपयुक्त र क्षमतावान जनशक्ति तयार गर्ने विद्यालयले हो । ताते ताते हिड्ने र तोते बोली बोल्ने उमेरदेखि नै मन्टेश्वरीका नाममा बच्चाहरुलाई विद्यालय पठाइन्छ ।

जव विद्यालयलाई अभिभावकले विद्यार्थि जिम्मा दिएर बिद्यालयमा पठाउछन त्यतिबेला विद्यालयको जिम्मा हुन्छ त्यसैले सुरक्षा गार्डको संस्कार र सुरक्षाको निकै नै आबश्यकता देखिन्छ । त्यो आबश्यकता गुरुकुल एकेडेमिले पुरा गरेको देखिन्छ । त्यहाँ को पस्यो, किन पस्यो भन्ने जानकारी राख्न जरुरी छ । तर यो अन्य विद्यालयमा गरेका पाइदैन । म यो भन्दा अगाडि अन्य धेरै विद्यालयमा गएको छु र यो बिद्यालयमा पनि त्यस्तै होला भन्ने लागेको थियो त्यसैले दृश्य नियाल्न भएपनि म गुरुकुल एकेडेमिमा भित्र प्रबेश गरे ।

घोराही–१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा प्रबेश गर्दा बित्तिकै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. अनन्तराज घिमिरे, प्रिन्सिपल डां. कृष्णराज डिसि, भाइस प्रिन्सिपल मुकुन्द गिरी लगायतले अभिभावक तथा विद्यार्थिहरुलाई स्वागत सत्कार गरीरहनुभएको दृश्य अवलोकन गर्न पाइयो । त्यो समय विद्यालयको बार्षिक उत्सवको दिन थियो त्यसैले धेरै विद्यार्थि ,अभिभावक र अतिथिहरुको भिड थियो ।

त्यस्तो भिडमा पनि विद्यालयका उच्च पदमा रहेका ब्यक्तिहरुबाट देखिएको संस्कारले पक्कै पनि विद्यार्थिहरुले पनि यस्तै संस्कार सिक्ने सहजै अनुमान गर्न सकिन्थ्यो । विद्यालय परीसरमा बिभिन्न स्टलहरु थिय ति स्टलहरुमा कुनै बैज्ञानिकले बनाएका भन्दा कमि थिएनन् सामान । विभिन्न किसिमका बिद्युतिय सामान लगायत अन्य शैक्षिक गतिबिधिका सामान पनि त्यात्तिकै थिए । बार्षिक उत्सवको अवसरमा अतिथि पत्रकारहरुको ठूलै संख्या देखिन्थ्यो । आजभोलिका कार्यक्रममा दुई तीन जना पत्रकार देखिनु ठूलै सौभाग्य जस्तो मानिन्छ । गुरुकुल एकेडेमि लगायत बिद्यालयका नेपालि बिषयका बिभागिय प्रमुख तथा संचार सम्बन्धि कुराहरु हेर्ने शिक्षक विबेक देवकोटालाई धन्य मान्नुपर्छ जसले पत्रकार उपस्थित गराउन सक्नुभयो ।

विबेक देवकोटा सरमा पनि निकै ठुलो खुवि देख्छु मैले उँहामा मिजासिलो पन मेहनति सबै संग सम्बन्ध राख्न सक्ने विद्यार्थि तथा अभिभावकको मनमुटुमा बस्न सक्ने असल शिक्षकमा हुने गुन उँहामा छ । यस्ता शिक्षक भएर होला सायद गुरुकुल सबैको मनमा बसेको छ । कार्यक्रममा गैसकेपछि विद्यालयको पोशाकमा सजिएका कुनै पनि शिक्षक पलेटी मारेर बसेको देखिन । पदीय मर्यादा अनुसार ठालु बनेको पनि पाइनँ । शिक्षक विबेक देबकोटाको कमान्डमा मन्चमा कार्यक्रम चलिरहेको थियोे । अन्य शिक्षक र शिक्षिका पनि संसद भवनका मर्यादापालक जसरी तयनाथ थिए ।

कसैले कसैलाई त भन्दा म ठुलो भन्ने भावना बोकेको देखिन सबै शिक्षक तथा कर्मचारी नतृक्त्वको निर्देशन अनुसार सबै काममा खटिएका थिय यो दृश्यले मलाई औधी आनन्द आयो । अगुवाले काम गर्नुपर्छ । त्यसपछि परिवर्तन हुन्छ भन्ने मान्यता यहिबाट सिक्न सकिन्छ । मञ्चमा बच्चाहरुलाई लैजाने र ओराल्ने , सम्मान पत्र एवं मेडल तयारी गर्ने र अतिथिलाई उपलब्ध गराउने । खाजा बनाउने, पानी बसाल्ने, फलफूल काट्ने र खुवाउने यावत काममा विद्यालयका सबै टिम खटेका थिए । केहि विद्यालयका शिक्षकहरुले बच्चाको फोहोर छुन घिन मान्नु हुन्छ । हातमा धुलो मैलो लाग्ला भन्ने डर मान्नुहुन्छ । कसैले फोहोर टिपेको देख्यो भने लाज होला भन्ने सोच्नुहुन्छ ।

अझ कतिपयमा फोहोर उठाउने काम कार्यालय सहयोगीको हो भन्ने चलन छ । शिक्षकहरु आफ्नो तालमा हुन्छन । त्यसैले हुनुपर्छ धेरै सामुदायिक विद्यालय घुम्दा फोहोरको रास भेटिन्छ । विद्यार्थीको संख्या हरेक वर्ष घट्दा शिक्षक भन्दा कम हुन्छन् । तर गुरुकुलमा परीसर भित्र न त फोहोर देखिन्छ न त अनाबश्यक गफमा शिक्षक भेटिन्छन । गेटनजिकै सुरक्षा गार्ड रुम । प्रशासनिक भवन । प्लस टु ब्लक छ । त्यहा पढ्नको लागि सानो कक्षाका छुट्टै ब्लक छ भने प्राथमिक ब्लक छुट्टै छ यहा पढ्दा कहि कतैबाट डिस्टर्व पनि हुदैन । असाध्यै सुन्दर ढंगले रंगरोगन गरिएको रहेछ । ५ वटा भवन रहेछन् । बीचमा बाटोले छुट्याएको छ ।


सुन्दर घर अगाडि जस्तै फूलको बगैंचा छ । मिलाउन जाने पछि त्यस्तै बिरुवामा सुन्दर देखिन्छ भने नमिलाउदा झाडि अनि फोहोर देखिन्छ त्यसैले बिद्यालयमा फुल र बिरुवा चिटिक्कै पारेर मिलाएको देखिन्थ्यो । पर्खाल पनि रंगरोगन गरेको सफाचट रहेछ । भुइँमा अनेक थरीका फलफूलका विरुवाहरु लहलह छन् । खेलकूदका अनेक सामग्री रहेछन् । मन्टेश्वरीका बच्चाहरुलाई खेल्न, रमाउन तथा दैनिकी रोचक बनाउन मद्दत गर्छन् । भित्र घोडा पनि देखिन्थ्यो । बिद्यालयमा घोेडा किन पालिएको होला भन्ने मनमा लाग्यो र शिक्षकलाई सोध्ने मनसायमा पुगे मेरो नजिकै बिद्यालयका भाइस प्रिन्सिपल हुनुहुन्थयो मैले उँहालाई प्रश्न सोझाइहाले , सर बिद्यालयमा घोडा किन पाल्नुभाको बिद्यार्थिलाई हान्ला भन्न नपाउदै उँहाले जवाफमा फर्काउनुभयो ।

यो घोडा बिद्यार्थिकै लागि हो यसलाई हर्स राइडिङ पनि भन्छन भन्नुभयो अनि बल्ल बुझे घोडा पाल्नुको रहस्य । अन्य बिद्यालयमा शौचालय भित्र पस्न सकिदैन तर गुरुकुलको शौचालय निकै सफा थियो । त्यहाँ सास फेर्दा कुनै किसिमको गन्ध नआएपछि आराम महसुस हुन्थ्यो । घरकै शौचालयमा समेत त्यति स्वच्छ सास फेर्न पाइँदैन । त्यति धेरै अभिभावकसहित ८ औं बार्षिकउत्सव मनाइरहेको विद्यालयको शौचालयमा भने कुनै खोट लगाउन सकिन । त्यो दिनमा समेत शौचालय सफा थिए ।

बच्चाहरुका लागि उपयुक्त वातावरण लाग्यो । एउटा सफा घरमा पाइने सुविधा त्यहाँ थियो । बिद्यालयमा पसेर देखेको दृश्यले मेरो सबै कुरा हेर्ने रहर जागेर आयो त्यसपछि लाइब्रेरी , कम्प्युटर कोठा , ल्याव कोठा भान्सा कोठा , कक्षा कोठा खेलकुदका सामान राख्ने कोठा सबै हेरे तर त्यहा केहिको कमि देखेन अनि बिद्यार्थिलाई पनि सोधे बिद्यार्थिले झन घरको भन्दा सुबिधा हामिलाई बिद्यालयमा छ भन्ने उत्तर दिए । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले नेपालको प्रधानमन्त्रिको नाम केहो भनेर सोध्दा जवाफ दिन सकेका हुँदैनन् । तर गुरुकुलका बिद्यार्थिलाई धेरै कुराको ज्ञान रहेछ । त्यसैले जिल्लामा हुने धेरै हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुदा रहेछन ।

१ कक्षाका बिद्यार्थिलाई म्यामले अंग्रेजीमा सोध्नुभयो । सबै बिद्यार्थिले म्यामले अंग्रेजिमा सोधेका कुराको जवाफ अंग्रेजिमै फररर दिए । तिनको त्यो क्षमताले मलाई गर्वानुभूति भयो । धेरै विद्यालयमा शिक्षकहरुले पुस्तकमा लेखिएको मात्रै सिकाउने रहेछन् । दश वर्ष अघिका कुरा मात्रै रटाउने रहेछन् । अतिरिक्त क्रियाकलाप नगराउने विद्यालयले आवश्यकताको ज्ञान दिदैन । चाहिने कुरा सिकाउँदैन । त्यहाँ भने संघीयतापछिको परिवर्तित नक्सा र कार्यकारीहरुका बारेमा ज्ञान दिएइको रहेछ ।

अतिरीक्त क्रियाकलाप बाट पनि त्यतिकै शिक्षा दिइदो रहेछ । त्यसकै फलले छोटो समयमै गुरुकुरुलले अनेक सफलता हासिल गरेको बुझियोे । बिद्यालयमा सबैलाई बिभागिय जिम्मा दिईएको रहेछ सबैले आफ्नो जिम्मेवारी पुरा गर्दै बिद्यालयलाई अगाडि बढाईरहनु भएको छ । गुरुकुल प्लस टु मा शिक्षक निमानन्द गैरे संगै शिक्षक कृष्णदेव थापा र अजय शाह नेतृक्त्वमा हुनुहुदो रहेछ भने बिद्यालयमा महेन्द्र पौडेल, आशा चौधरी र लोचना पौडेल नेतृक्त्वमा हुनुहुदो रहेछ । उँहाहरु लगायत बिद्यालयका अन्य शिक्षक सबैलाई नचिन्न सक्छु सबै शिक्षकहरु निकै मेहनति भएको देखे । बिद्यायलका अध्यक्ष ई अनन्तराज घिमिरे, प्रधानाध्यापक डा. कृष्णराज डिसि , सहायक प्रधानाध्यापक मुकुन्द गिरीको समुहले बिद्यालयलाई अगाडि बढाईरहनु भएको छ ।

बिद्यालयमा शुल्क धेरै छ भन्ने सुनेको थिए त्यसैले यो कुरा पनि बुभ्न मन लागेर लेखा हेर्ने सरसंग प्रश्न गरे । त्यस पछि बुझे अन्य बिद्यालयमा बस शुल्क , म्युजिक , डान्सिङ , कम्प्युटर शुल्क खाना शुल्क र मासिक शुल्क भनेर छुट्टै लिदो रहेछ भने गुरुकुलमा एकमुष्ट शुल्क रहेछ । छुट्टै शिर्षकमा भएर अन्य विद्यालयमा सस्तो देखिदो रहेछ । त्यस पछि बसेर क्याल्कुलेटर दबायर हिसाव नै निकालेको त अन्य विद्यालयले लिने सबै शुल्क जोड्दा र गुरुकुलमा रहेको शुल्क हेर्दा बराबर नै हुन जाने रहेछ तसर्थ मेरो बुझाइले अभिभावकहरुलाई भ्रममा नपरी गुरुकुलमा आफ्ना बच्चाहरु भर्ना गर्न अनुरोध गर्दछु । गुरुकुलको सेवा सुबिधा पनि कहि कतै कमि देखिएन ।

गुरुकुलमा बिभिन्न खेल प्रशिक्षक सहित विभिन्न खेलको प्रशिक्षण पनि दिइदो रहेछ । बिभिन्न खेलको कोचमा शिक्षक वाङ्दि भुटिया हुनुहुदो रहेछ । उँहाको अथक मेहनतले क्रिकेट खेलमा बिभिन्न टुर्नामेन्टमा पनि खेल्न सक्ने खेलाडि उत्पादन भएका छन । बिद्यार्थिमा अनुसासन पनि कहि कतै कमि देखिएन ।

डाक्टर र इन्जिनियहरुको समुह मिलेर खोलेको विद्यालयको बातावरण देखेर मैले मेरो गाँउ लगायत म बस्ने ठाँउमा सबैलाई भनेको छु बच्चा गुरुकुल एकेडेमिमा पढाउनुस तपाईको बच्चा शत प्रतिसत सफल हुने छ । अन्तिममा विद्यालयको बातावरण र त्यहाको दृश्य देखेपछि बल्ला थाहा भयो शिक्षा संस्कार संस्कृतिको त्रिवेणि गुरुकुल ।