हापुरेमा २ दिने बबई गाउँपालिकाको बिपद् जोखिम बस्तीहरुको पहिचान तथा अभिमुखीकरण कार्यक्रम सुरु

रामप्रसाद सुवेदी 
हापुरे, २४ चैत ।

बबई गाउँ पालिकाकी उपाध्यक्ष साबित्रा बिश्वकर्माले बिपद् भए पश्चात पछुताउनु भन्दा बिपद् ब्यबस्थापनको पुर्ब तयारी गर्न सके बिपद् पश्चात् देखिने असर केही कम् हुने बताउनुभएको छ। बबई गाउँपालिका बिपद् ब्यबस्थापन शाखाको आयोजनामा बबई गाउँपालिकाको हापुरेमा आयोजित २ दिने बबई गाउँपालिकाको बिपद् जोखिम बस्तीहरुको पहिचान तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यस्तो बताउनुभएको हो ।


बबई गाउँपालिकाकी उपाध्यक्ष साबित्रा बिश्वकर्माको शभापतित्व तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रमले जोखिम प्रभावित क्षेत्रहरुको पहिचान,नक्साङ्कन,तथा आगामी कार्ययोजनाका बिषयमा छलफल हुने बताईएको छ।

बबई गाउँपालिका सामाजिक बिकाश शाखा प्रमुख तेजेन्द्र घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बबई का विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि,नेपाल रेडक्रस सोसाईटी पञ्चकुले उपशाखाका अध्यक्ष, जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, इलाका प्रहरी कार्यालय हापुरेका प्रहरीप्रमुख केशवराज रेग्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बिपद ब्यबस्थापन समितिका सदस्य सचिव भुवन चन्द वालान क्षेत्रीले गर्नुभएको थियो भने प्रशिक्षकको रुपमा भरत वली रहनुभएको थियो । कार्यक्रम २५ गतेसम्म चल्ने छ।