नेपाल रेड्क्रस सोसाइटी दाङमा चोरी

दाङ, १५ बैशाख ।
नेपाल रेड्क्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ । गएराती शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो ।


चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए । कक्षामा रहेका सबै दराज र लकरहरु फोडेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।