शिखा बोर्डिङ पीडितले भनिन्‘हात भाच्चिएको होईन्,चोट लागेको रहेछ’

दाङ, ८ चैत । दाङको तुलसीपुर–६ मा रहेको शिखा बोर्डिङ स्कुलको शिक्षिकाले कुटपिट गरेर हात भाँचिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पीडित र विद्यालयबीच छलफल भएको छ ।

शुक्रबार विद्यालयमा भएको छलफलमा पीडित कक्षा ४ मा अध्ययनरत समृद्धि सुनारका हजुरआमा विष्णु सुनारले हात भाँच्चिएको भनि बाहिर आएको कुरा गलत भएको बताईन् । आफूले कसैलाई पनि हात भाँच्चिएको भनि नभनेको र थाहै नदिई भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको उनले बताईन् ।“हातमा पट्टी बाँधिएको थियो, त्यो देखेपछि भाँच्चिएको भन्ने लागेको थियो”,उनले भनिन्“तर, भाँच्चिएको रहेनछ, चाेट मात्रै, लागेकाे रहेछ अस्पताल लगेर जाँच गराएपछि थाहा भयो ।”

विद्यालयमा अध्यापन गराउने शिक्षिकाले विद्यार्थीलाई सजाय दिने क्रममा लठ्ठीले हान्दा हातमा चोट लागेपछि अस्पताल लिदा चोट लागेको कुरा देखाएको छ । यद्यपी भाँचिएको भने छैन ।

यसै क्रममा पीडित र विद्यालयबीच यस्ता गलत कुरा बाहिर आएपछि सामूहिक रुपमा खण्डन गरेको छ । विद्यालयका प्रिन्सिपल सुमन केसीले विद्यालयका शिक्षकले पढाउदा सामान्य सजाय दिने क्रममा हातमा लठिले हान्दा बुढी औँलाको मुनितिर सुनिन पुगेको तर त्यहि घटनालाई अतिरञ्जित गराएको बताए ।


विद्यालयको बदनाम गर्ने गरी सामाजिक संजालमा भिडियो हालिएको भन्दै यस्तो गर्न नहुँने समेत बताए । यदि गलत गरेको सन्दर्भमा जस्तोसुकै मूल्य पनि चुकाउन तयार रहेको भन्दै यसमा सत्य, तथ्य छानविन गर्ने निकायले पनि गम्भीर रुपमा हेर्नुपर्ने बताए ।

बालिकाको राप्ती प्रादेशिक अस्पतालमो एक्सरे गरिएका थियो । त्यो रिपोर्टमा हात भाँचिएको नभई चोट लागेको देखिएको छ । त्यसको उपचार विद्यालयले बेहोर्ने समेत केसीले बताए ।

छलफलमा एनप्याब्सन दाङका सचिव शालिकराम कार्की, कोषाध्यक्ष भुवन वली, तुलसीपुर नगर सचिव रमेश पौडेल र अभिभावकको सहभागीता रहेको थियो ।