त्रिसिद्देश्वरी यातायातमा विद्युतिय गाडी

तुलसीपुर,१० चैत । त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालि दाङले विद्युतिय गाडी पनि सञ्चालनमा ल्याएको छ ।

शुक्रबार देखि विद्युतिय गाडीले सेवा दिन थालेको प्रालिका अध्यक्ष शुरेस हमालले बताए । पहिलो चरणमा तुलसीपुर–देखि नेपालगञ्जसम्म सेवा प्रदान गर्ने छ ।

अहिले एउटा गाडीले मात्रै सेवा दिने भएपनि केही समयपछि अन्य गाडी थप गर्ने तयारी रहेको छ । १३ जना यात्रु क्षमता भएको उक्त गाडी वातावरणमैत्री रहेको छ । उक्त गाडीको भाडा पाँच सय रुपैया तय गरिएको छ ।


प्रालिमा पहिलो पटक विद्युतिय गाडी सञ्चालनमा ल्याएको हो । उक्त गाडी तुलसीपुरबाट विहान ९ः५०मा नेपालगञ्ज छुट्नेछ भने दिउसो ३ बजे नेपालगञ्जबाट फर्किनेछ ।

धुवामुक्त र इन्धन बचन हुने भएपछि उक्त गाडी सञ्चालनमा ल्याएको गाडी धनी विमल पौडेलले बताए । इन्धन विदेशबाट आउने तर, विद्युत आफ्नै देशमा उत्पादन हुने भएकाले नेपाली पैसा नेपालमै सदुपयोग हुने भएकाले यस्तो गाडी भित्र्याएको बताए ।