पसलमा राख्दैनन्, मूल्यसूचि

तुलसीपुर,८ चैत ।
दाङको तुलसीपुर बजारका पसलमा मूल्य सूचि राख्ने गरेको पाईएको छैन । पसलमा अनिवार्य मूल्य सूचि राख्नु पर्ने भएपनि त्यसो गरेको नपाईएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले भन्नुभयो ।“हामीले तुलसीपुरका धेरै पसलहरु अनुगमन ग¥यौं”,उहाँले भन्नुभयो“तर, अधिकांस पसलहरुमा मूल्य सूचि नै राखेको पाईदैन ।”

मूल्य सूचि नराखेका पसलहरुलाई मूल्य सूचि राख्न लगाउने गरेको उहाँले बताउनुभयो । उपभोक्ताले मूल्य सूचिको बारेमा जानकारी पाउनु पर्ने भन्दै त्यो अनिवार्य बनाउन लागिएको उहाँको भनाई छ ।


त्यस्तै अनुगमनका क्रममा म्याद गएका सागम्रीहरु पनि त्यतिकै भेटिने गरेको उहाँले बताउनुभयो । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने भन्दै यो कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्ने बताउनुभयो । म्याद गुज्रेका सामग्री भेटाए त्यसलाई नष्ट गर्ने गरेको समेत उहाँको भनाई छ ।

त्यस्तै केही पसलहरु दर्ता समेत नभएर चलेको पाईएका छन् । त्यस्ता पसलहरुलाई दर्ताकालागि सम्बन्धित निकायमा पठाउने गरिएको छ । तुलसीपुरमा बजार अनुगमनलाई तिब्र पारिएको छ ।