मल नपाउँदा किसान चिन्तित

दाङ, ३ माघ ।
दाङ बबई गाउँपालिका वडा नं. ३ घट्टेखोला निवासी नन्दलाल वलीले अझै पनि गहुँमा हाल्ने मल पाएका छैनन् । अबको १५ दिनमा मल नपाए उनको गहुँ उत्पादनमा गिरावट आउछ ।

करिब डेढ विघा क्षेत्रफलमा गहुँ खेति गरेका उनलाई २ बोरा युरिया र १ बोरा डिएपी चाहिन्छ । तर, अहिलेसम्म पनि नपाएको उनी गुनासो गर्छन । “पटक–पटक सहकारीमा धाएँ, तर, पाईएको छैन”,उनले भने“अबको १५ दिनमा पाइएन भने उत्पादन घट्छ ।” रासायनिक मल आफ्ना मान्छेहरुलाई वितरण गर्ने प्रबृतिले गर्दा यसरी मल अभाब हुने गरेको उनको गुनासो छ ।


धानकालागि चाहिने मल अहिले नै लुकाएर राख्ने प्रबृति रहेको उनको भनाई छ ।“सहकारीमा मल आउछ, तर, आफ्ना मान्छेलाई धानकालागि पुग्ने गरि लुकाउने चलन छ”,उनले भने“त्यसले गर्दा पनि अहिले समयमा मल हामीले पाइरहेका छैनौं ।”