महोत्सवकालागि भिड्दै व्यबसायी, चेम्बर भन्छ : सिन्डिकेट तोड्छौं, उवासंघ भन्छ : द्वन्द हुन्छ

दाङ ।
२०७४ सालमा राप्ती बहिरा संघले तुलसीपुरमा महोत्सव लगाउने गरि तयारी ग¥यो । बहिरा बालबालिकाहरुलाई छात्राबास निर्माण गर्ने पबित्र उद्देश्यले व्यापारिक तथा कृषि महोत्सव लगाउने भनि प्रक्रिया अघि बढ्यो । लाखौं खर्च भयो । अन्ततः तुलसीपुर उद्योग बाणिज्य संघको चौतर्फी दवावकै कारण त्यो महोत्सव रोकिएको थियो ।

त्यतिबेला तुलसीपुर उपमहानगरपालिकाको पहलमा बिभिन्न चार बुदामा सहमति गरेर महोत्सव रोकिएको थियो । तर, ति चार बुदाहरु मध्ये कुनै पनि बुदाहरु पालना नभएको बहिरा संघकी निर्देशक प्रतिमा शर्माले बताईन् ।‘त्यतिबेला उद्योग बाणिज्य संघ र हाम्रो चारवुदे सहमति भएको थियो’, उनले भनिन्‘ति कुनै पनि बुदाहरु पालना भएका छैनन् ।’ यस विषयमा १÷२ दिनमै ज्ञापनपत्र बुझाउन जाने तयारी रहेको समेत उनको भनाई छ ।

के–के भएका थिए सहमति
महोत्सव रोक्ने सहमति भएपछि बहिरा वालवालिकाहरुकालागि छात्राबास निर्माण गरिदिने सम्झौता भएको थियो । त्यसकालागि तुलसीपुर उद्योग बाणिज्य संघ, राप्ती बहिरा संघ, नगर अपाङ् सञ्जाल, व्यबसायीहरु, संघ संस्था र तुलसीपुर उपमहानगरपालिकाको पहलमा निर्माण गर्नकालागि आर्थिक संकलन गर्ने सहमति भएपनि कार्यान्वयन हुन सकेको छैैन् ।

अहिले राप्ती बहिरा संघमा एक सय भन्दा बढि बहिरा बालबालिकाहरु रहेको शर्माले बताईन् ।

त्यस्तै बहिरा संघले लगाउन थालेको महोत्सव स्थगित गर्ने र पेश्की वापतको रकम फिर्ता गराउन सामूहिक पहल गर्ने तथा मेला तयारीकालािग लागेको खर्च सामूहिक व्यबस्थापन गर्ने र केन्द्रमा रहेको खर्च अपाङ्ग सञ्जाल, संघ र महासंघको पहलमा व्यबस्थापन गर्ने निर्णय भएको थियो ।

त्यस्तै तुलसीपुर क्षेत्रमा सञ्चालन हुने मेला/महोत्सव सम्बन्धि आबश्यक मापदण्ड तय गर्ने र त्यस पश्चात मात्र मेला महोत्सव सहमतिमा आयोजनना गर्ने निर्णय भएको थियो ।

‘सुरक्षाका कारणले महोत्सव रोक्न बाध्य भएँ’
निर्देशक शर्माले आफू महिला भएकै कारण सुरक्षित हुने अबस्था नदेखिएपछि त्यतिबेला महोत्सव रोक्न बाध्य भएको बताएकी छिन् ।

‘त्यतिबेला म ब्याक हुने अबस्थामा थिइँन, महिला भएकाले सुरक्षाका हिसाबले मैले महोत्सव रोक्न बाध्य भएँ ’, उनले भनिन्‘ म एक्दै हुन्थे भने जसरी पनि लगाउथेँ, घर परिवार छ, धेरै बहिरा बालबालिकाहरु आश्रित छन्, उनीहरुको भविष्यकालागि भएपनि म पछाडी हट्ने अबस्था आएको हो ।’

महोत्सव स्थगित भएपछि अहिलेसम्म कुनै छलफल तथा भेटघाट नभएको उनको गुनासो छ । त्यो महोत्सव स्थगित भएपछि त्यसको केही समयमा तुलसीपुर उद्योग बाणिज्य संघले एक पटक महोत्सव सञ्चालन गरेको थियो ।

अहिले पनि त्यस्तै प्रकृतिको विवाद
बहिरा संघले महोत्सव लगाउदा जस्तो परिस्थित थियो, अहिले पनि ठयाक्कै त्यही अबस्था छ ।

तुलसीर चेम्बर अफ कमर्सले आउदो पुस १ गतेदेखि १२ गतेसम्म महोत्सव लगाउने भएपछि एक पक्ष महोत्सव लगाउन नदिनेमा छ , भने चेम्बरले जसरी पनि महोत्सव लगाएरै छाड्ने बताएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सवको औचित्य नभएको भन्दै बक्तब्यबाजी गरिरहेको छ । संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब विनिल केसीले अधिकांश ब्यबसायीहरु बिरोधमा उत्रिएको भन्दै महोत्सव लगाउनु उपयुक्त नभएको बताएका छन् । अर्कोतर्फ कोरोनाको कारण भन्दै महोत्सव रोक्नु पर्ने उनीहरुको भनाई छ । महोत्सव लगाउनु अघि ब्यबसायी तथा संघसंस्थाहरुसंग परामर्स गर्नुपर्ने उनीहरुको तर्क छ । यस्तो समयमा तुलसीपुर उद्योग बाणिज्य संघले पनि महोत्सव नलगाउने र अन्य संस्थाले पनि लगाउनु उपर्युक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।

ब्यबसायीको हकहित र मर्म विपरित जान नहुने उनीहरुको भनाई छ । यद्यपी बिभिन्न स्रोतका अनुसार संघले माघदेखि महोत्सव लगाउने तयारी गरिरहेको गरेको खुल्न आएको छ ।

रामप्रसाद चालिसे

यो विषयमा संघका अध्यक्ष चालिसेले पनि संकेत गरेका छन् । मानव अधिकार तथा शान्ति समाजद्वारा आईतबार आयोजित कार्यक्रममा उनले भनेका छन्‘हामीले वडा, नगरपालिका,स्थानीय प्रहरी,जिल्ला प्रहरी सीडीओ कार्यालयमा हामीले एउटा चिठी पाएका थियौं, मोटामोटी हामीले केही काम गर्न सक्छौं भन्ने कुरा थियौं, हामीलाई अहिले ३५/४० लाखको खाँचो थियो र मोडल च्यान्ज गरेर गर्नु पर्छकी भन्ने थियो, त्यसमा पनि हामीले कोभिडलाई ‘वेट’ गरेका थियौं, तर उहाँहरुले यो थाहा पाएपछि गएर फटाफट दर्ता गरेर आएर मेला लगाउन थाल्नु भएको छ ।’

उनले महोत्सव नरोक्दा द्वन्दको अबस्था सिर्जना हुन सक्ने भन्दै सहजीकरण गरिदिन शान्ति समाजसंग गुहार पनि मागेका छन् । ‘हामीले महोत्सव सञ्चालन नगर्नुस् भनेको होईन्, फरक मोडेलबाट महोत्सव सञ्चालन गर्नुस्, महोत्सवमा फेन्सी कपडा नहाल्दिनुस, जुता चप्पल नहाल्नुस् भनिरहेका छौं’, उनले भने‘ तर, उहाँहरुले मान्नु भएको छैन । मलाई यहाँका व्यबसायीहरुलाई हामीलाई निकै दवाव दिनुभएको छ, कि त हाम्रा समस्या सम्बोधन गरिदिनुस्, कि भने राजीनामा दिनुस्, भन्नु हुन्छ, यदि हाम्रा व्यबसायीहरु आतंकित हुने अबस्था आएमा हामी चुप लागेर बस्ने हुँदैन, द्वन्द हुन सक्छ ।’ उनले व्यबसायीहरुकै संस्था भएर व्यबसायीलाई नै लात हान्न नहुँने समेत बताएका छन् ।

महोत्सव भनेको पर्यटन प्रबद्र्धनकालागि गरिने समेत उनले बताए । तर, पछिल्लो २ बर्षमा कोरोनाका कारणले महोत्सव लगाउन सक्ने अबस्था नरहेको र अब पुनः २/४ दिनमै पुनः लकडाउन हुन सक्ने अबस्था आएको भन्दै यस्तो अबस्थामा महोत्सवको आबश्यकता नरहेको समेत बताए ।
यसमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।‘स्थानीय सरकारले आम्दानी मात्रै हरेको छ । यस अघि हामीले महोत्सव लागउँदा सबै व्यबसायी, संघ संस्था मिलेर आउ भनिन्थ्यो, हामीले सबैसंग सहकार्य गरेर महोत्सव लगाउथ्यौं’, उनले भने‘अहिले हामीले लगाउने भन्ने थाहा पाएपछि महोत्सव लगाउन थाल्नु भएछ ।’
आफूहरुले महोत्सव लगाउने सन्दर्भमा हस्तक्षेप गर्न खोजेको भने नभएको उनको भनाई थियो ।

May be an image of text


दवाव पछि रोकिएला महोत्सव…

टोपबहादुर घर्ती

उद्योग बाणिज्य संघ नै जोडबलकासाथ महोत्सव रोक्न लागिपरेपछि यो महोत्सव सञ्चालन हुन्छ, वा रोकिन्छ, भन्ने विषयले चर्चा पाउने गरेको छ । किनकी हामी माझ उद्योग बाणिज्य संघले चाहेको खण्डमा महोत्सव रोकिएका इतिहास छन् ।

संघले रोक्नकालागि प्रत्येक दिन भेटघाट तथा बैठकहरु जारी राखेका छ । तर, अहिले जसरी भएपनि महोत्सव लगाएरै छाड्ने तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले बताएका छन् ।‘हामीले तयारीलाई धेरै अगाडी बढाईसकेका छौं, कसैले रोक भन्दैमा रोकिने छैन’, उनले भने‘ पोहोरसाल घोराहीमा चेम्बरले महोत्सव लगायो,अहिले हामीले तुलसीपुरमा जसरी पनि महोत्सव लगाउछौं, महोत्सवको सिन्डिकेट तोड््छौं ।’

अहिले ठूला राजनीतिक दल काँग्रेस, एमाले, माओवादी कन्द्रलगायत अन्य साना दलहरुले पनि ठूला–ठूला कार्यक्रम आयोजना गर्ने तर, आफूहरुले महोत्सव लगाउदा रोक्न खोज्नु गलत भएको उनको भनाई छ ।

आफूहरुले महोत्सव लगाउदा कपडा व्यबसायीरुले आपत्ति जनाउनुका पछाडी रहस्य रहेको समेत उनले बताए । महोत्सव स्थल सरसफाई पछि पत्रकारहरुसंग कुरा गर्दै उनले भने‘उद्योग बाणिज्य संघले लगाउँदा कपडा व्यबसायीहरु चुप लाग्नुहुन्छ, तर हाम्ले लगाउँदा आपत्ति जनाउनु हुन्छ, यसमा कसैले उहाँहरुलाई परिचालन गरेको अनुभूति भएको छ ।’ महोत्सवमा कपडा व्यबसायीहरुलाई स्टलमा ५० प्रतिशत छुट दिने समेत बताएका छन् ।

महोत्सव उद्घाटनकालागि अर्थमन्त्री जनार्दन शर्मालाई ल्याउने गरि तयारी भइरहेको उनले बताए । यदि शर्मा आउन नपाउने अबस्था भएमा हालका पर्यटन मन्त्रीलाई वा प्रदेशका मुख्यमन्त्रीलाई ल्याउने विषयमा सोँचिरहेको उनको भनाई छ ।

चेम्बरले दाङको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार, प्रवद्र्धन र चेम्वरको भवन निर्माणका लागि महोत्सव लगाउन लागेको हो । महोत्सवबाट उठेको केही रकम सामाजिक काममा लगाउने उनले बताए ।

तुलसीपुरको इज्जत जोगाऔं : हमाल
तुलसीपुरका यातायात व्यबसायी तथा नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालले अहिले महोत्सव सञ्चालनको विषयमा द्वन्दात्मक अबस्थामा अघि बढिरहेको भन्दै यसलाई मिलाएर लैजानुपर्ने बताए ।

सुरेश हमाल

उनले व्यबसायीहरुले उठाएका मागहरुलाई सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।‘

यो विषय तुलसीपुरको इज्जतसंग पनि जोडिएको छ, यदि हामीले द्वन्द गरेमा तुलसीपुरको ईज्जतमा दाग लाग्छ’, उनले भने‘सबै क्षेत्रबाट यसलाई मिलाउन पहल थाल्नुपर्छ ।

’ शान्ति समाजले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सामान गोदाममा थन्काउने अबस्था आउन सक्छ
चेम्बरले महोत्सव आयोजना गरेपछि बसेको तुलसीपुर उद्योग बाणिज्य संघको बैठकमा फेन्सी ब्यबसायी उपसमितिका सयोजक रुपेश शर्माले महोत्सवले गर्दा कपडा थन्काएर राख्नु पर्ने अबस्था आउन सक्ने बताएका छन् ।

‘सिजन सुरु हुदै ल्याएका सामानहरु ९ महिनासम्म गोदाममा थन्काउने अबस्था आउन सक्छ’, उनले भने‘बजार महोत्सवले केन्द्रित गर्छ । कोभिडले थिलोथिलो पारेको बजार फेरि उठन समय लाग्छ ।’

पहिले कोभिडले थला पारेको थियो, अब महोत्सवले पार्छ

No photo description available.
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले पनि महोत्सव सञ्चालन गर्ने विषयमा आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष घनश्याम डाँगीले एक विज्ञप्ति जारी गरि कोभिड–१९ ले थला परेको ब्यबयाय क्षेत्र निकै कठिन परिस्थितिमा रहेको बताएका छन् । अहिलेको बिसम परिस्थितिमा मेला महोत्सवले आमसर्बसाधारणको स्वास्थमा ठूलो समस्या ल्याउने उनको भनाई छ । साभार :अग्रिम साप्ताहिक

May be an image of 4 people, people standing, outdoors and text