दुइ करोड ६४ लाख बराबरको संसोधित बजेट पारीत गर्दै दंगीशरण गाउँपालिकाको १४ औ गाउँ सभा सम्पन्न

प्रमोद आचार्य
दंगीशरण  ७ चैत ।
दंगीशरण गाउँपालिकाले आफ्नो १४ औ गाउँसभा सम्पन्न गरेको छ । गाउँ सभाका सभा अध्यक्ष शम्भु गिरीले ४ वटा प्रस्ताब सभा समक्ष निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

निर्णयार्थ पेस गरीएका प्रस्ताबहरुमा आर्थिक बर्ष २०७९/८० को संसोधित बार्षिक योजना तथा कार्यक्रम संसोधन प्रस्ताब ,आर्थिक बर्ष २०७९/८० को अन्तिम लेखा परीक्षणको प्रारम्भिक प्रतीबेदन बाट औल्याइयका बेरुजुहरु फर्छ्यौटका लागी सम्परीक्षण गर्ने प्रस्ताब,१३ औ गाउँसभादेखी हालसम्म गाउँ कार्यपालिका बैठक बाट पारीत निर्णयहरुको अनुमोदनको प्रस्ताब र  दंगीशरण गाउँपालिकाको खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेक २०७९  सर्बसम्मत सभाले पारीत गरेको हो ।

बर्ष २०७९/८० को आर्थिक बजेट पालिका उपाध्यक्ष पिमा खड्काले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो भने सरसफाइ तथा स्वच्छता सम्बन्धि बनेको बिधेक सामाजिक विकाश समितीका सयोजक रोशन जङ शाहले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो । सभामा आर्थिक बर्ष  २०७९/८० को कुल बजेट  ५० करोड ,४२ लाख,४४ हजार,५ सय रुपैया अनुमान गरीयकोमा चालु तर्फ २९ करोड ६२ लाख ४६ हजार दुइ सय र पुजिगत तर्फ २० करोड ७१ लाख ९८ हजार तिन सय बिनियोजीत गरीएको थियो ।


सभाले कुल बजेट मध्यबाट जम्मा २ करोड,६४ लाख ४३ हजार ९ सय छ्यासी रुपैया संसोधन गरेको छ । पालिकाले चालु आर्थिक बर्ष २०७९/८० को दोस्रो चौमासिक सम्म गाउँपालिका ,प्रदेश र संघीय सरकार बाट बिनियोजित ठुला आयोजनाहरु तर्फ सडक ,पुल,भबनहरु,सबैको टेन्डर प्रक्रिया गरी निर्माणाधिन अबस्थामा रहेको,सामजिक सुरक्षा भत्ता बितरणलाइ ब्यबस्थित बनाउन प्रत्यक वडाहरुमा गइ बैंक मार्फत दोस्रो चौमासिक सम्मको सामाजिक सुरक्षा भत्ता बितरण कार्य सम्पन्न गरेको ,छोरी सम्मान कार्यक्रम बाट ७८ जना,सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम बाट ८२ जना,उज्यालो आखा कार्यक्रम बाट ७७ जना ,कानको सिवीर संचालन बाट ७८ जना लाभान्वित भइ सकेको उल्लेख गरेको छ ।

यस्तै कृषि कार्यक्रम अन्तर्गत च्याउको विउ,गहुको वीउ,र हाइब्रीड बिउ बितरण कार्यक्रम सम्पन्न भएको र मेसीनरी औजार खरीदका लागी टेन्डर भइ सकेको उल्लेख सभा पत्रमा उल्लेख गरेको छ ।