तुलसीपुरमा दुई युवाले सञ्चालन गरे ‘बर्गर हाउस एण्ड चिकेन स्टेशन’

टेकराज भण्डारी
तुलसीपुर
३ असोज/ दाङको तुलसीपुरमा ‘बर्गर हाउस एण्ड चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । तुलसीपुरको विपी चोकमा दुई युवा मिलेर ३५ लाखको लगानीमा बर्गर हाउस चिकेन स्टेशन सञ्चालनमा ल्याएका हुन् ।

बर्गर हाउस चिकेन स्टेसनको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेले गरेका थिए । त्यस अवसरमा उनले तुलसीपुरमा भरपर्दो र व्यवस्थित होटल तथा रेष्टुरेन्टको आवश्यकता रहेको बताए । होटल व्यवसायले स्थानीय स्तरका युवाहरुलाई रोजगारीसगैं पर्यटन प्रबद्र्धनलाई समेत टेवा पु¥याउने बताएका थिए ।


ग्राहकको मागलाई मध्यनजर गर्दै राम्रो वातावरणमा खान बस्नका लागि बर्गर हाउस सञ्चालनमा ल्याएको सञ्चालक प्रकाश भण्डारीले बताए । बर्गर हाउसमा ग्राहकको अर्डर अनुसारका परिकारहरु पाइने समेत सञ्चालक भण्डारीले बताए ।