राप्ती बबई क्याम्पसमा अर्को सूचना नहुँदासम्म निर्वाचन स्थगित

दीपक बोहरा
दाङ,७ फागुन ।
दाङ तुलसीपुर स्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यालय युनियनको निर्वाचन पुनः स्थगित भएको छ । अर्को सूचना जारी नहुँदासम्मकालागि निर्वाचन स्थगित गरिएको हो ।

यस अघि पनि बबई क्याम्पसमा निर्वाचन कार्य स्थगित भएको थियो । नेविसंघले विरोध तालाबन्दी गरेपछि ५ चैतमा हुने भनिएको निर्वाचन स्थगित भएको थियो । त्यसपछि ५ चैत आईतबार तोकिएको निर्वाचन अनुसार मतदान भइरहेको थियो । तर, दिउसो एउटै ब्यक्तीसंग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो ।


दिउसो करिब २ बजेदेखि मतदान कार्य अबरुद्ध भएको थियो । निर्देशिका अनुसार स्थगित भएको क्षेत्रमा ५ चैतदेखि ३० दिन भित्र निर्वाचन गराउनु पर्ने हुन्छ । त्यही अनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ । दिउसोसम्म पाँचसय ३३ मत खसेको थियो ।

क्याम्पसमा २ हजार ४ सय ३३ मतदाता थिए । स्रोतका अनुसार क्याम्पसका निर्वाचन अधिकृत टेकनप्रसाद कडेँलले राजीनामा दिने तयारी गरेका छन् ।